‘कोभिड–१९’ बाट विश्वमा आठ लाख ६० हजार ९ सय २७ सङक्रमित
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २०:३०:२२
१९ चैत्र, एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३ सय ६४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार ९ सय २७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन भने एक लाख ७८ हजार ५ सय ३८ उपचारपछि निकाे भएकाे विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ।
।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन ‘हिजोमात्र’ ८३७ नागरिकको ज्यान गएको छ ।
कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य । इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।स्पेनमा ९५ हजार ९२३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४६४ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को मृत्यु भएको छ । यसैबीच ७ हजार २५१ निको भएर फर्किएका छन् ।
कोरोना भाइरसको ताजा अपडेटका लागी यहाँ क्लिक गर्नुस,,,,,
फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को मृत्यु भएको छ । यसैबीच ९ हजार ४४४ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।
इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को मृत्यु भएको छ । यसैबीच १४ हजार ६५६ निको भएर फर्किएका छन् । बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएर फर्किएका छन् । बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को मृत्यु भएको छ । यसैबीच १ हजार ६९६ निको भएर फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार