लकडाउनमा नेपाल लाइफले ल्यायो अनलाइन बीमा सेवा
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २०:४४:२०
१९ चैत्र, काठमाडौं । नेपाल कै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्सोेरेन्सले घरमै बसीबसी जीवन बीमा सम्बन्धि काम गर्न सकिने अनलाइन सेवा शुरु गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफु लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको कम्पनीले जनाएको छ । यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नुपर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको छ ।
Maturity Claim सेवामार्फत आफ्ना बीमितहरुले बीमा लेख Maturity हुने समयावधिको जानकारी लिन सक्नेछन् । यस सेवामा Maturity को समय पुगेका बीमितहरुले आफ्नाे बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी Claim Intimation सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् ।
तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नाे अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा Virtual Office को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइनमार्फत सेवा दिइरहेका छन् । यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा-उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Maturity Claim र Claim Intimation सेवाको लागि लिंक
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
Maturity Claim र Claim Intimation सेवा लिने Tutorial को लागि लिंक
https://www.youtube.com/watch?v=_qWRkT1o4Hc
विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक
https://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theater
नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम e-Sewa, Prabhu Pay र Nepal Investment Bank मार्फत Online भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर लिलामी खुल्यो
चैत १३, २०८० मंगलबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, एजेण्डा के हाे ?
चैत ६, २०८० मंगलबार
सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त
चैत १, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार