लकडाउन अवधिमा रेडक्रसद्धारा मोबाइल टोली परिचालन
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २२:३६:२४
१९ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव हुन नदिन नियमित काठमाडौँ उपत्यकामा रक्तदाता (स्वयंसेवी)लाई तम्तयारी रहन आग्रह गरिएको छ ।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिन टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला सम्बन्धित स्थानमा गएर भीडमाड नगरी रगत सङ्कलन गरिरहेको जानकारी दिएका छन् । उनले भने, “लकडाउन लागू भएदेखि दैनिक २५ देखि ५० युनिटसम्म रगत सङ्कलन भइरहेको छ ।” सामान्य अवस्थामा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरिएको र सोही अनुपातमा माग पनि रहेको थियो । लकडाउनका कारण अहिले रगतको माग पनि कम भएको रेडक्रसले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि रेडक्रसले रक्तदातामा ज्वरो परीक्षण गर्ने र यसबारेमा अन्य सोधपुछ गरेरमात्र रक्तदान गर्न आग्रह गर्ने गरेको निर्देशक डा राजकर्णिकारले बताएका छन् । रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयंसेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिएका छन् ।
कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनिएको छ । रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेको उनले बताएका छन् । निर्देशक पौडेलका अनुसार काठमाडौंमा मात्र यही चैत १५ गते ४५ युनिट, १६ गते ३२ युनिट, १७ गते ४४ युनिट र १८ गते ४५ युनिट रगत सङ्कलन गरिएको थियो भने चैत १५ गते ६८, चैत १६ गते ५६, चैत १७ गते ४४ र चैत १८ गते ५५ युनिट रगत वितरण गरिएको छ ।
राजधानीका प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत करिब एक दर्जन ठूला अस्पतालले रक्तसञ्चार एकाइमार्फत बिरामीलाई चाहिने रगत सकेसम्म बिरामीका आफन्तबाट सट्टामा लिन्छन । रगत अभाव हुन नदिन अस्पतालले बिरामीका आफन्तसँग सट्टामा रगत सङ्कलन गरी मौज्दात रगत वितरण गर्दै आएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख माधव घिमिरेले जानकारी दिएका छन् । सकेसम्म बिरामीका आफन्तसँग सट्टामा रगत लिने र कुनै उपाय नभएमात्र सट्टामा रगत नलिई रगत उपलब्ध गराउने गरेको उनले बताएका छन् ।
पाटन अस्पतालका शैक्षिक प्रशासन प्रमुख प्रकाश खड्काले अहिलेसम्म अस्पतालमा रगतको कमी नभएको बताउँदै बिरामीलाई चाहिने आवश्यक रगत रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रबाट ल्याउने गरेको जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार