सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह
नेपालबहस संवाददाता
चैत १९, २०७६ बिहिबार २:१३:१६
१९ चैत्र, काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले आज एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
“नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अलपत्र परेका नेपालीको उद्धारमा जुट्न आग्रह गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उनले संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुःखद् विषय भएको उल्लेख गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले विश्वका अन्य देशले आफ्ना नागरिक खोजीखोजी हवाई जहाजमार्फत स्वदेश फर्काउँदासमेत नेपाल सरकारले सीमामा अलपत्र रहेका नेपालीको उद्धार नगर्नु गैर दुःखद भएको विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार