कोरोनाको सङ्क्रमणबाट आफू बाँचेर अरुलाई बचाउँ
नेपालबहस संवाददाता
चैत १९, २०७६ बिहिबार २:२९:१६
◊ नारायण अधिकारी
१९ चैत्र, चितवन । विश्वमा कोरोनाको सङ्क्रमणबाट आम नागरिक मात्र होइन, रोगकै उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी पनि अछुतो छैनन् । सङ्क्रमणकै कारण मृत्यु भएकाहरुमध्ये १८ प्रतिशत हाराहारी चिकित्सक, स्वास्थ्यकर्मी रहेको तथ्याङक छ ।
बिरामीको उपचारमा उच्च सावधानी अपनाउन सके जोखिम झेल्नु नपर्ने अनुभवी चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष एवं भरतपुर कोरोना विशेष ‘अस्थायी’ अस्पतालका प्रवक्ता डा। भोजराज अधिकारी आमजनतासँगै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी पनि उत्तिकै सजग हुनुपर्ने बताउछन ।
कोरोना अस्पतालमा बाहिरी र भित्री भागमा काम गर्ने चिकित्सक, कर्मचारीहरुलाई त्यही खालका सुरक्षित पोशाक दिएर सुरक्षित तबरले काम गराइएको अधिकारीको भनाइ छ । बाह्य भागमा रहेर काम गर्नेहरुलाई एन ९५ माक्स र सामान्य व्यक्तिगत सुरक्षा सामग्री ‘पिपिई’ दिइएको छ । भित्री भागमा काम गर्नेलाई विश्व स्वास्थ्य सङ्गठनले तोकेअनुसारको पिपिई, माक्स, चस्मा व्यवस्था गरिएको अधिकारी बताउछन ।
चिकित्सक, स्वास्थ्यकर्मीले सामाजिक दुरी अवलम्बन गरी सकेसम्म बिरामीको सम्पर्कमा कम जाने व्यवस्था मिलाइएको छ । अधिकारीले भन्नुभयो, “सिसी क्यामराको निगरानीमा बिरामी छन् । अनुगमन गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । समस्या हुँदा सकेसम्म टाढैबाट समाधान गरिएको छ ।” बिरामीलाई छुनु पर्दा पिपिई अनिवार्य गरिएको छ । यसरी भित्री घेरामा बिरामीलाई हेर्नेलाई नारायणगढको एक होटलमा बसोबासको व्यवस्था गरिएको छ । त्यहाँ अहिले १८ चिकित्सक, स्वास्थ्यकर्मी बसिरहेका छन् ।
सो अस्पतालले २५० जना कोरोनाको लक्षण भएका बिरामीको उपचार गरिसकेको छ । हाल अस्पतालमा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालमा मोवाइल चार्ज गर्नेदेखि अन्य गतिविधिका लागि सामाजिक दुरी बनाएर व्यवस्था गरिएको छ । नर्सिङ स्टेशन टाढै राखिएको छ । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा बच्ने, बचाउने र मैदान खाली नगर्ने रणनीतिका साथ आफूहरुले काम गरिरहेको बताउछन । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख समेत रहेका डा खतिवडा भन्छन “यो हाम्रो लागि अवसर हो । यस्ता सुनेका थियौँ देखेका थिएनौँ । प्रत्यक्ष सेवामा समर्पित भएर अवसर पहिलोपटक लिँदैछौँ ।”
चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षासँगै सेवामा कसरी जुट्ने त खतिवडाको सुझाव छ “सकेसम्म कम जनशक्ति परिचालन गर्ने उनीहरुलाई आवश्यक सुरक्षा कवजको व्यवस्था गर्ने ।” व्याक्तिगत सुरक्षाका सामग्री ‘पिपिई’ थोरै छ । अहिले प्रयोग गर्दा सकिन्छ । नगरौँ उच्चजोखिम छ । उनले भने, “यद्यपि बीचको बाटोबाट हामी काम गरिरहेका छौँ ।” सघन उपचार कक्षमा थौरै जनशक्ति राखेर उनीहरुलाई उच्चस्तरको पिपिई प्रयोग गर्न लगाइएको छ । बाहिर सामान्य गाउन र राम्रो माक्स प्रयोग गर्न लगाइएको छ । थोरै जनशक्तिबाट धेरै काम गर्ने रणनिति अपनाइएको छ । बिरामीसँग प्रत्यक्ष काम गर्नेलाई एक हप्ता काम र दुई हप्ता क्वारेन्टाइनको व्यवस्था गरिँदै छ । क्वारेन्टाइन घरबाहिर बनाइँदै छ ।
फिजिसियनले मात्र नधान्ने भएकाले अन्य चिकित्सक पनि परिचालन गर्ने गरी भरतपुर अस्पतालमा व्यवस्था गरिएको उनको भनाइ छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलबिक्रम कार्की यो संवेदनशील समयमा आफ्नो दायित्व पनि पूरा गर्नु पर्ने र सुरक्षित पनि हुर्नुपर्ने बताउछन । नेपालमा रहेका २५ हजार चिकित्सकमध्ये १६ हजार हाराहारी प्रतक्ष्य काममा रहेको कार्की बताउछन । झण्डै ६५ हजारभन्दा बढी स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुको सुरक्षा आफैँमा महत्वपूर्ण भएको उनी बताउछन ।
चिकित्सक स्वास्थ्यकर्मीले अस्पतालमा मात्र नभएर आफनो घरमा पनि सावधानी अपनाउन उनको सुझाव छ । कार्कीले भने, “घरमा पुगेपछि पनि हामीले पोशाक बाहिर खोलेर कीटाणु मार्ने रसायन प्रयोग गरी कपडा धुने, अलगै सुकाउने, माक्स, सेनिटाइजर जस्ता वस्तुको प्रयोग गर्नुपर्छ ।” यो रोग थुक, ¥यालबाट सर्ने भएकाले सामाजिक दुरी कायम गरी बिरामी हेर्न, भिडभाड नगर्न उनले सुझाव दिए । उनले भने, “डराउनु पर्दैन, उच्च सतर्कता अपनाउनै पर्छ ।” राज्यले पनि बिमा र काम गर्नेलाई प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउनु पर्ने कार्कीको भनाइ छ । उनले भने, “बिरामी उपचार गर्दै गर्दा केही भई हालेमा राज्य छ भन्ने अनुभूति दिलाउनु पर्छ । ”
सरकारले जोखिममा काम गर्नेहरुलाई शतप्रतिशत भत्ता दिन जनाएको छ । यहाँको भरतपुर महानगरपालिकाले कोरोना अस्पतालमा काम गर्नेलाई थप २५ प्रतिशत प्रोत्साहन भत्ता दिँदैछ । अन्य स्थानीय तहले पनि यसरी काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्ने देखिन्छ । यससँगै चिकित्सक, स्वास्थ्यकर्मीले पनि आफू पनि बाँचेर अर्कालाई बचाउनु पर्ने अहिलेको बाध्यता रहेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार