ट्राफिक महाशाखामा ‘कोरोना भाइरस समन्वय डेस्क’
नेपालबहस संवाददाता
चैत १९, २०७६ बिहिबार २:४०:५
१९ चैत्र, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ । उक्त डेस्क स्थापना गरी महाशाखाले २५ जना राख्न मिल्ने क्वारेन्टाइन वार्डसमेत तयार गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
वर्तमान समयमा विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र प्रहरी कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले बिदाबाट फर्किएकालाई अनिवार्यरुपमा १४ दिन क्वोरेन्टाइनमा राखेर जाँचपछि मात्रै कार्यस्थलमा खटाउने व्यवस्था मिलाइएको बताए । महाशाखाले सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लक डाउन गरिएको छ ।
कोरोना भाइरस ‘कोभिड–१९’ को उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई विशेष सतर्कता अपनाउन भनिएको उनले बताए । आजदेखि महाशाखाले बाहिरी प्रवेशद्धारमा पिपिई पोसाक लगाएका स्वास्थ्यकर्मीबाट थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था मिलाएको छ ।
महाशाखाले प्राविधिकको सहयोगमा आफैँ सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजर र मास्क पनि वितरण गरिसकेको छ । वर्तमान सुरक्षा अवस्थासमेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीलाई सचेत रहन र सङ्क्रमणबाट बच्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको ढकालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार