विश्वभर सङ्क्रमणबाट ५३ हजार २ सय जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १४:५०:५०
२१ चैत्र, एजेन्सी । विश्वका विभिन्न देशमा कोरोना भाइरस ‘कोभिड-१९’ को सङ्क्रमण फैलिँदा १० लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये दुई लाखभन्दा धेरै निको भएका छन् ।
अहिलेसम्म १० लाख १४ हजार दुई सय ९६ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख १२ हजार ९ सय ९१ जना उपचारपछि निको भएका छन् । ७ लाख ४९ हजार ४ सय ८१ जनाको उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट विश्वभर अहिलेसम्म ५३ हजार २ सय जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा एक हजार तीन सय ५५ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ । त्यसपछि स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको ज्यान गएको छ । स्पेनमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ४८ पुगेको छ भने इटलीमा सबैभन्दा धेरै १३ हजार ९ सय १५ जनाको ज्यान गएको छ । इटलीमा बिहीबार मात्रै सात सय ६० जनाको ज्यान गएको छ ।
यसैगरी अमेरिकामा थप सात सय ८१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार आठ सय ८३ पुगेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या इटालीको भन्दा दोब्बरले बढी छ । अमेरिकामा मात्रै दुई लाख ४४ हजार दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटलीमा सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार दुई सय ४२ पुगेको छ ।
चीनमा भने ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय १८ जना छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ भने ३५ जना नयाँ बिरामी थपिएका छन् । यसैबीच कोरोनाको सङ्क्रमण विश्वका दुई सय चार देशमा फैलिएको छ ।
टिमोर लेस्टेमा पनि एक जनामा कोरोना पुष्टि भएपछि कोरोना सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय चार पुगेको हो । यस्तै दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा पनि कोरोनाको सङ्क्रमण फैलिँदा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार