कोरोनाको कहर दुहेको दूध गाईलाई नै खुवाउँनु बाध्य
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १९:१७:१२
२१ चैत, कास्की । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही दिन यता जारी लकडाउनका कारण गोठमा न पराल, छ नत दाना । जेनतेन पाखाबाट स्याउला थपथाप गरी अहिलेसम्म गाई बचाएको बताउँदै आचार्यले यो क्रम लम्बिने हो भने तिनीहरूलाई बचाउन पनि मुस्किल भएको दुःखेसो गरेका छन् ।
“खै यो लकडाउन कति दिन लम्बिने हो, दाना, पराल सबै सकिएको छ”, उनले भने, “व्यावसायिक गाई पालन थालेको एक दशक बित्यो तर यस्तो दुःख त पहिलो पटक भोग्नु प¥यो ।” नाकाबन्दीको समयमा पराल तथा दाना आपूर्तिमा सामान्य समस्या भोगे पनि अहिलेको जस्तो त कल्पना नै नगरेको उनले बताएका छन् । एक दशकअघि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई विसं २०६६ चैतमा समातेर बाँधेका उनले त्यस यता गर्दै आएको गाईपालन अहिले भने आचार्य गाई फार्ममा परिणत छ ।
गाईपालनसँगै तरकारी खेतीका लागि मल पर्याप्त हुन थालेपछि उनले गाईपालन र तरकारी खेतीलाई सँगसँगै अघि बढाएका छन् ।
गाईफार्ममा डेढ करोडभन्दा बढी लगानी गरिसकेका उनलाई अहिले भने दाना र पराल अभाव भएपछि भएका गाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षेको कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्यले डेढ दशक विदेशमै बिताएका । त्यहाँको बसाइँले उनलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिकाएन, अरुका लागि पनि अनुकरणीय बनेका छन् ।
घरपरिवारको जीविकोपार्जन त छँदै छ आम्दानीका साथै अरुलाई पनि रोजगारी दिँदै आएका आचार्यले अहिले भने लकडाउनका कारण व्यवसाय धान्न नै मुस्किल परेको गुनासो गरेका छन् । उनका अनुसार लकडाउन शुरु भए लगत्तैदेखि पराल तथा दाना सकिएका कारण दूधको उत्पादन पनि घटेको छ । “लकडाउन अघि दैनिक ३०० लिटरसम्म दूधको उत्पादन हुने गर्दथ्यो अहिले भने २०० लिटर पु¥याउन पनि धौं धौं हुने गरेको छ,” उनले भने, “दाना पराल पर्याप्त नभपछि दूधमा गुणस्तर कम हुँदै फ्याट कमी भएपछि विगतको मूल्य समेत पाउन सकिएको छैन ।”
दूध सङ्कलन केन्द्रमा पु¥याइने दूध पनि फ्याटको आधारमा प्रतिलिटर ५५र५६ रुपैयाँ लिने गरेकामा अहिले फ्याट कम हुन थालेपछि प्रतिलिटर ५० को हाराहारीमा झर्ने गरेको कृषकको गुनासो छ । लकडाउनका कारण बजारमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केपछि दूधका उपभोक्ता घटेसँगै उत्पादित दूधले पनि बजार नपाएको उहाँले दुःखेसो पोखे । उनका अनुसार दूधले बजार नपाएपछि दुहेको दूध पनि आधाआधी गाईलाई नै खुवाउनुपर्ने बाध्यता बनेको छ ।
गाईपालनसँगै तरकारी खेती समेत गर्दै आएका आचार्यको बारीमा यतिखेर बन्दा छिप्पिँदै गएका छन् । यतिखेर तरकारी खेतीबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने सोच राखेको बताउँदै उले बन्दाका लागि बजार नपाए पछि उक्त सोचाई पनि सपना जस्तै बनेको पीडा व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार