चीनमा मृत्यु हुने मानिसको सम्झनामा तीन मिनेट मौनधारण
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार १८:७:४३
२२ चैत्र, एजेन्सी । कोरोना भाइरस महामारी फैलिन थालेको देश चीनमा करोडौँ मानिसहरूले कोभिड-१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन्।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन्। त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो। चीनमा गत डिसेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण सुरु भएयता कोभिड-१९ का कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
देशव्यापी मौनधारण कोरोना भाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ। राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनका हर्नहरूले पनि परम्परागत शोक धुन बजाएका छन् । सङ्क्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जानबाट रोकिएको थियो ।
यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् । कोरोना भाइरस महामारीसँग सिङ्गो विश्व आक्रान्त रहेका बेला महामारी सुरु भएको देश भने आफू यसबाट मुक्त भएको देखाउन प्रयासरत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार