कमिशनको अर्को नाम कम्यूनिष्ट ?
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार १८:५७:५७
मुलुक परिवर्तनको सिंगो अभियानलाई नेतृत्व गर्ने र मुलुकलाई बिकासको अग्रगामी बाटोमा अगाडि बढाउने अभिभावकको अपुताली परेपछि देश भ्रष्ट, दलाल, अपराधी, कालोबजारी, ब्यापारी, ठेकेदारी र भ्रष्टाचारीहरुको हातमा पर्नु स्वभाविकै हो ।
नीति, नियम, सिद्धान्त, योजना र कार्यक्रम बिना सडकमा बसेर जनताका घरका सिसा फुटाउनेहरुदेखि सर्वसाधारण नागरिकहरु चढेका गाडीमा ढुंगा हान्ने र आगो लगाउनेसम्मका, जनताका छोराछोरीहरुलाई बन्दूक बोकाएर आप्mना छोराछोरीहरुलाई युरोप र अमेिरकामा राखेर पढाउने जनवादी नेताहरु, गाँउका अबोध जनताका छोराछोरीहरुलाई आप्mनो निहित स्वार्थका लागि शहिद बनाउने परिवर्तनकारीहरु, टाट्नाका बाख्रा चोर्नेदेखि सरकारी बैंक फोर्नेसम्मका बहादुर राजनीतिज्ञका हातमा देश जिम्मा लगाएपछि यो भन्दा परिस्कृत कस्तो परिवर्तनको प्रतिफल राख्न सकिएला र ?
थाईल्याण्ड र कतारको डेटिड्डदेखि फोरजीको सेटिड्डसम्म त ठिकै थियो संसारै अत्तालिएको महामारीजन्य रोगको औषधि खरिदमा समेत दिनदहाडै ब्रम्हलुट मच्चाउने मन्त्री, मन्त्रीको कामलाई बिरामीको बेडबाटै संरक्षण गर्ने प्रधानमन्त्री भएपछि भ्रष्ट्राचार र कमिशनको अर्को नाम कम्यूनिष्ट त हैन ?
कठबाँसको आाखै आँखासहितको भाटाले चौरास्तामा निकालेर भकुर्नुृ पर्ने व्यक्तिलाई, अपराधीको तक्मा भिराई जेलको कालकोठरीमा कोच्नु पर्ने व्यक्तिलाई, कालोमोसो दलेर नागरिकका घरआँगनमा बिहान बेलुकै घुमाउनु पर्ने व्यक्तिलाई, देशलाई बिसौं बर्ष बर्बादीको अवस्थामा पुर्याएर घाटा माथि घाटा लगाएपछि सावाँ, ब्याज र हर्जानासहित असुलउपर गर्नुपर्ने व्यक्तिलाई नै देशकै सबैभन्दा बढी सुरक्षा निकायको चौघेरामा राखेर तिनका सन्तान दरसन्तानको मात्रै सुरक्षा र आम नागरिकको अवनतिको बाटो समेत पहिल्याउनै नखोज्ने नेतृत्व वर्गलाई तथा देश बिकासको योजना त के दिमागमा देशको फोटोसमेत नभएकाहरुबाट, सुँगा रटाईको समृद्ध नेपाल, सुखी नेपालीले मात्रै देशको बिकासमा सकारात्मक परिणाम देखिन अझै केही समय नेपाली नागरिकले कुर्नुपर्ने नै देखिन्छ ।
मुलुकको राष्ट्रिय ढुकुटी जन्मदिवस र हनिमुनमा सिध्याउने, जनतालाई रुघाखोकी लागे औषधिमा किने भन्दा बढी कमिशन कुम्लयाउने, किन यस्तो गरेको भन्दा दिउँसै बाघ दरबारको बाटो छिराउने, कसैकसैले भाटा त कसैले कर∙ सोभ्mयाउने धम्कीपूर्ण अभिव्यक्तिलाई कस्तो प्रजातान्त्रिक, आर्थिक र व्यक्तिगत स्वतन्त्रताको उपहार मान्ने ?
व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय अस्मितालाई समेत कौडीको दाममा पराईलाई बेच्न सक्ने, देशको नक्सालाई नै जन्मदिनको केक बनाएर घिच्न सक्ने, देशको राष्ट्रियतामाथि निर्वाध बलात्कार गर्नसक्ने, सीमानामा बिदेशीले परेड खेल्दा होस् या महाकालीको किनारामा आप्mनै नागरिकले आप्mनै देश प्रवेश गर्न नपाएर कठोर यातना झेल्दा होस् , देशमा महामारी फैलँदा होस् या पटकपटकका गद्दाफी जन्मदाँ होस्, मुलुकका लागि सिन्कोसम्म नभाच्ने, बिदेशीको आर्शिवाद बिना एक मिनेट पनि नबाँच्ने, देशको भविष्यको बारेमा सोच्नसम्म नसोच्ने, भएको राष्ट्रिय ढुकुटी दुबो उखेल्न र बाँदर लखेटमै सिध्याउने, देशमा अप्ठ्यारो पर्ने बित्तिकै निर्धा राष्ट्रसेवक कर्मचारीहरुकै बच्चाबच्चीको पेटमा लात हान्न खाईपाई आएको तनखामा आँखा लगाउने, ब्यापारी र कमिशनखोरलाई पोस्ने, गरिब जनतालाई डँस्ने, कर माथि कर थोपरेर उठनै नसक्ने गरी कसने, आफैले फालेका भनिएका मान्छेले आफैलाई चन्दा दिएर गिज्याईरहदा समेत ङिँच्च बाईसवटा दाँत देखाएर हात पसार्ने, आफुले केही दिनुपर्र्याे भने परैबाट मुण्टो बटार्ने, मुलुकको राष्ट्रिय ढुकुटी जन्मदिवस र हनिमुनमा सिध्याउने, जनतालाई रुघाखोकी लागे औषधिमा किने भन्दा बढी कमिशन कुम्लयाउने, किन यस्तो गरेको भन्दा दिउँसै बाघ दरबारको बाटो छिराउने, कसैकसैले भाटा त कसैले कर∙ सोभ्mयाउने धम्कीपूर्ण अभिव्यक्तिलाई कस्तो प्रजातान्त्रिक, आर्थिक र व्यक्तिगत स्वतन्त्रताको उपहार मान्ने ?
जनताले यस्ता भ्रष्टका नाईके अपराधीहरुहरुलाई गाँउघरमा राख्दा अचाक्लि गर्छन भनेर शहरतिर धपाएका हुन कि अब कहिल्यै यो ठाँउमा आउन पाईने हैन भनेर अहिल्यै सकेको कुम्लयाएका हुन ? भेटे त सोध्न हुन्थ्यो ? देखे त मुखभरी थुक्न हुन्थ्यो ? कसैकसैले परैबाट गोडाको गहना बक्सिस दिए रे भनेको सुनिन्थ्यो, नजिकै भेटन पाए मालै बनाएर पहिर्याउन पाए हुन्थ्यो । वर्तमान राजनीतिक नेतृत्वको यस्तो खराव, घिनलाग्दो र अव्यवहारिक प्रवृत्तिका कारण पनि अहिलेको नेतृत्व अपरिपक्व, निकम्मा र डेटएक्सपाएर भईसकेको अनुभूति हुन थालेको छ ।
जनताका जति रोए पनि नसकिने कथा छन्, नेताका जति धोए पनि नजाने काला कर्तुतहरु र दागहरु छन् । भ्रष्टाचारका काला धब्बाहरु आजको मितिसम्म आईपुग्दा किन सरकार सञ्चालन गर्ने मन्त्री, प्रधानमन्त्री, तिनकै वरपरका कार्यालय, मातहतका अड्डाहरु, आफन्त र आसेपासेहरु, हुक्के, चिलिमे र बैठकेहरु, साला–साली, माली, बहारवाली, बुहारी, छोरी र घुषखोरीहरुहरु नै बढी मुछिएका देखिन्छन् ? हुन त यी भन्दा राम्रा, असल र भरपर्दा मानिस पनि अब यिनीहरुसँग कहाँ पो बाँकी रहे र ? भएकाले अलिअलि पनि कुरा बुभ्mन थालेपछि यस्ताका पछि लागेर दुर्गन्धित हुनुभन्दा पाखै रहेर बस्न आवश्यक ठानी सके । कतिले यिनीहरु त भ्रष्टाचारमा चौगुणा ह्याट्रिक हान्न सक्ने हुन भनेर विश्वासै मार्न छाडिसके । यहि भएर अहिले गाँउघर तिर यस्ता भ्रष्ट त्यति छैनन जति राजधानीमा थुप्रिएका छन् । नेताका अगाडि स्वस्ति र जर्दौ गर्दागर्दै असाध्यै हेरिनसक्नु हुने गरी कुप्रिएका छन् ।
केही पाउने आशामा चिप्लो शब्द प्रयोग गरी भाषा परिवर्तन गरेर बोल्न सिकेका छन् । केही चुनाव अघिदेखि नै बिकेका छन्, कतिलाई आउँदो चुनावसम्मको लागि खानेपानी र बाटोको ठेक्का परेको छ । कसैलाई भ्यू टावर त कसैलाई औधोगिक पार्कमा भाग परेको छ । अहिले भर्खरै केहीलाई बुद्धको मुर्तितिर तानिदैछ । भनेको नमान्ने जतिलाई बालुवाटारतिर झारिदैछ । खानेपानी र बाटोको ठेक्का परेर के गर्नु र ? पल्ला गाउँको सार्की कान्छो र रिट्ठे साईलो खानेपानीको चरम अभाव भएपछि गाँउ छोडेर मधेश झरेको छ । गाउँमा बाटो नभएर बिकास आउने मिति सरेको छ । स्वास्थ्यकर्मी अस्पताल जानै छोडे हजुर, यता पनि खै के हो कोरोना भन्ने भूत अस्पतालमा छिरेको छ ।
जनताले यस्ता भ्रष्टका नाईके अपराधीहरुहरुलाई गाँउघरमा राख्दा अचाक्लि गर्छन भनेर शहरतिर धपाएका हुन कि अब कहिल्यै यो ठाँउमा आउन पाईने हैन भनेर अहिल्यै सकेको कुम्लयाएका हुन ? भेटे त सोध्न हुन्थ्यो ? देखे त मुखभरी थुक्न हुन्थ्यो ? कसैकसैले परैबाट गोडाको गहना बक्सिस दिए रे भनेको सुनिन्थ्यो, नजिकै भेटन पाए मालै बनाएर पहिर्याउन पाए हुन्थ्यो । वर्तमान राजनीतिक नेतृत्वको यस्तो खराव, घिनलाग्दो र अव्यवहारिक प्रवृत्तिका कारण पनि अहिलेको नेतृत्व अपरिपक्व, निकम्मा र डेटएक्सपाएर भईसकेको अनुभूति हुन थालेको छ ।
नेपाली सरकार र त्यसका सञ्चालकहरु वरिष्ठ कम्यूनिष्टहरु नै रहेको र कम्यूनिजममा पहिला नेता धनी हुने त्यसपछि कर्मचारी, ठेकेदार, ब्यापारी, कालोबजारी हुँदै अन्त्यमा मात्र जनता गरिबको गरिब नै हुने कुरालाई नेपालका कम्यूनिष्टहरुले सिद्ध गरिदिएपछि नेपाली राजनीतिक आकाशमा अहिले नयाँ बहस शुरु भएको छ ।
नागरिकहरुले प्रजातन्त्र, लोकतन्त्र, नागरिक स्वतन्त्रता र समानताको लागि नारा लगाएर सडकमा ओर्लिएपछि कति नै शक्तिशाली भनिएका तानाशाहाहरु पनि परास्त नगरि नफर्किएको नेपाली साहस र हिम्मत अहिले पनि ताजै छ । राज्यसत्ताको हतियार र सैन्य दम्भलाई समेत खाली हात सडकमा आएका नागरिकले पल्टाई दिएका थिए र अझैपनि आवश्यकता पर्यो भने यस्ता आन्दोलनहरुको अगुवाई गर्ने महान नेपाल आमाका छोराछोरीहरुको कमी नभएको जानकारी बिस्तारै आउन थालेको छ । नेपालीहरुको आस्थाको केन्दलाई केही विदेशीका भरियाहरुको आडमा किनारा लगाउँदाको परिणाम बिस्तारै भोग्न थालेपनि फेरी एकपटक सम्पूर्ण नेपालीहरु पछाडि फर्किएर हेर्न बाध्य हुँदैछन् । कोही पर्दा अगाडि आएर बोल्छन् कोही पर्दा पछाडिबाट । नेपालीहरुको नयाँ बर्षको सम्वत परिवर्तनसँगै नेपालको राजनीतिक आकाशमा केही महत्वपूर्ण परिवर्तन हुनसक्ने नेपाली राजनीतिलाई नजिकैबाट नियालिरहेका राजनीतिका जानकारहरुले बताउन थालेका छन् ।
सिंगो विश्वले नरुचाएको राजनीतिक दर्शनलाई नेपालको हावापानीमा हुर्किएको, हजारौ नेपाली नागरिक मारिएपछि केही नेताका लागि फुलेर फक्रिएको, नेपाली राजनीतिक प्रयोगशालामा पुनः केही काम लाग्ने पार्टपूर्जाहरु छन् कि भनेर प्रयोग गरेर हेर्दा बेग्लै प्रतिफल निस्किएपछि सिंगो विश्व अहिले आश्चर्य चकित बनेको छ । नेपाली सरकार र त्यसका सञ्चालकहरु वरिष्ठ कम्यूनिष्टहरु नै रहेको र कम्यूनिजममा पहिला नेता धनी हुने त्यसपछि कर्मचारी, ठेकेदार, ब्यापारी, कालोबजारी हुँदै अन्त्यमा मात्र जनता गरिबको गरिब नै हुने कुरालाई नेपालका कम्यूनिष्टहरुले सिद्ध गरिदिएपछि नेपाली राजनीतिक आकाशमा अहिले नयाँ बहस शुरु भएको छ ।
थाईल्याण्ड र कतारको डेटिड्डदेखि फोरजीको सेटिड्डसम्म त ठिकै थियो संसारै अत्तालिएको महामारीजन्य रोगको औषधि खरिदमा समेत दिनदहाडै ब्रम्हलुट मच्चाउने मन्त्री, मन्त्रीको कामलाई बिरामीको बेडबाटै संरक्षण गर्ने प्रधानमन्त्री भएपछि भ्रष्ट्राचार र कमिशनको अर्को नाम कम्यूनिष्ट त हैन ? भनेर बजारमा कुरा चल्न थालेको छ । यस्तै अवस्था रहिरहे मलामीदेखि सलामीसम्म, हेलिकप्टरदेखि होलीवाईनसम्म, बर्थ डे देखि बन्धु भेलासम्म, लुटैलुटको ब्रम्हनाल खडा भएपछि नागरिकले प्रश्न गर्न पाउने कि नपाउने सरकार ? हेलो सरकार ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार