भ्रष्टमन्त्री हटाउन सचिवालय बैठक राख्न नेकपाभित्र चर्काे दवाव
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार २०:१०:४९
२२ चैत्र, काठमाडौं । कोरोना भाइरस विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री तथा प्रधानमन्त्रीका सल्लाहकारको नाम मुछिएर समाचार सार्वजनिक हुनेक्रम बढेसँगै नेकपाका शीर्ष नेताहरुले सचिवालय बैठक राख्न जोड दिएका छन् ।
पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत नेताहरुले बैठक डाक्न दवाव बढाएका हुन् । हिजो साँझ पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई फोन गरी तत्काल सचिवालय बैठक डाक्न आग्रह गरे ।
लगत्तै प्रचण्डले अर्का नेता माधवकुमार नेतालाई फोन गरी बैठक डाक्न आवश्यक रहे नरहेको सल्लाह लिएका थिए ।नेता नेपालले यस्तो गम्भिर र संवेदनशील विषयमा छलफल गर्नैपर्ने राय प्रकट गरेपछि प्रचण्डले बैठक डाक्नुपर्ने भन्दै आफू निकट नेताहरुसँग हिजै राति सल्लाह गरेका थिए ।
सल्लाह बमोजिम आज बिहानै प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई फोन गरी शीर्ष नेताको सल्लाहमा सचिवालय बैठक डाक्न लागेको जानकारी दिए । तर प्रधानमन्त्री ओलीले केही समय प्रतीक्षा गर्न भनेकाले आजै बैठक बस्ने नबस्ने तय नभएको प्रचण्ड निकट नेताले बताए ।
प्रचण्डले सचिवालय बैठक डाक्न दवाव दिएकाले ओलीले आजै साँझ ४ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । संभवतः भोलि सचिवालय बैठक बस्ने स्रोतको भनाई छ । स्वास्थ्य सामग्री खरिद प्रकरणमा पहिला मन्त्रिपरिषदमा छलफल गर्ने उनको सोच रहेको बताइन्छ ।
चीनबाट खरिद गरिएका न्यून गुणस्तर तथा अत्यधिक महंगो स्वास्थ्य सामग्री खरिद प्रकरणमा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र उनका छोराहरुको नाम जोडिएको छ ।
चीनबाट ल्याइएको सामग्रीमा भ्रष्टाचार र अनियमितता भएको भन्दै सञ्चारमाध्यमले सप्रमाण लगातार प्रश्न उठाएपछि ओलीको ठाडो आदेशमा सम्झौता रद्ध गरेको नाटक मञ्चन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार