लकडाउनका कारण पोल्ट्री व्यवसाय मारमा, तयारी कुखुरा खोरमै
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार २१:४०:३८
२२ चैत, खोटाङ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् ।
‘लकडाउन’का कारण हाल जिल्लाका ९/१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिएका छन् । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उनले भने, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”
करिब १२ हजार वटा तयारी खुकुरा खोरमै राखिएको व्यवसायीहरुले बताएका छन् । अवधि पुगेको र मासुका लागि तयारी भइसकेको कुखुराले दाना मात्र खर्च गरिरहेको त्रिशक्ती पोल्ट्री फर्मका सञ्चालकसमेत रहेका सङ्घका अध्यक्ष जोशीले बताएका छन् । सीमित अवधिभित्र उपयोग गरिसक्नुपर्ने अण्डा तथा मासुलाई लामो समयसम्म मौज्दातमा राख्दा खेर फाल्नुपर्ने अवस्था आउने सङ्घका अध्यक्ष जोशीले बताएका छन् ।
“सीमित अवधि भएका अण्डा खेर जाने अवस्था भएपछि कतिपय व्यवसायीले सस्तो मुल्यमा र कतिपयले आफन्त तथा छिमेकीलाई सित्तैमा दिने गरेका छन्”, उनले भने, “लकडाउन हाम्रो जीवनकै सवालमा छ, हाम्रो लागि हो । तर व्यवसायिक हिसाबले पोल्ट्री व्यवसायीलाई एकदमै तनाव बनाएको छ ।”
जिल्लामा हाल कुखुराका लागि दानाको पनि अभाव व्यवसायीहरुले बताएका छन् । ‘लकडाउन’को अवधिमा ढुवानीका सवारी साधन नचलेको तथा दाना उत्पादक उद्योग नै बन्द रहेकाले जिल्लामा दानाको समेत अभाव शुरु भएको रुपाकोट पोल्ट्री फार्मका सञ्चालक राम बजगाइँले बताएका छन् । व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । यस्तै, करिब ४० दिनदेखि बजारमा पु¥याउनुपर्ने कुखुरा ६०–७० दिनभित्र बिक्रीवितरण गरिसक्नुपर्ने हुन्छ ।
अण्डाका लागि दिक्तेलमा करिब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् । दिक्तेल बजारमा पालिएका लेयर्सबाट करिब दैनिक १९ काटन अण्डा उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार