एसियन कप फुटबल आयोजनामा भारतको दाबी
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १२:२६:१६
२४ चैत्र, एजेन्सी । भारतले सन् २०२७ मा हुने एएफसी एसियन कप फुटबल प्रतियोगिता आयोजनामा दाबी पेश गरेको छ । अखिल भारतीय फुटबल महासंघ ‘एआईएफएफ’का एक अधिकारीले एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनामा भारतले दाबी पेश गरेको पुष्टि गरेका छन् ।
भारतको दाबीमा सहमती जुटेमा दक्षिण एसियाली राष्ट्रयमा एसियन कप फुटबलको आयोजना गर्ने भारत पहिलो देश बन्नेछ । एआईएफएफका महासचिव कुशल दासले भारतको प्रिमियर न्युज एजेन्सी पीटीआईसंग भनेका छन्, ‘हामी पहिल्यै एएफसीको समक्ष दाबी पेश गरिसकेका छौ । अहिले समेत यसैको अवश्यकता छ ।’
कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता आयोजनामा दाबी पेश गर्ने समय मार्च ३१ बाट बढाएर जुन ३० सम्म गरिएको छ । एएफसीले भनेको थियो, ‘एएफसीलाई चाँडै प्रतियोगिता आयोजनाको देश घोषणा गर्ने आशा थियो । जसले चार बर्षमा हुने एसियाली महाद्वीपको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनाका लागि धेरै समय मिल्ने थियो । संयुक्त अरब ईमिरेट्समा सन् २०१९ मा भएको प्रतियोगितामा २४ राष्ट्रले भाग लिएका थिए ।’
एएफसीले अर्को बर्षको सुरुवातमै आयोजक देशको नाम घोषणा गर्ने सम्भावना छ । भारत बाहेक साउदी अरबले अहिलेसम्म सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता आयोजनामा दाबी गरेको छ । साउदी अरबले तीन पटक प्रतियोगिताको उपाधि जितेको छ ।
भारतले यसअघि सन् २०२३ को एएफसी एसियन कप फुटबल आयोजनाको दाबी पेश गरेको थियो । तर सन् २०१८ को अक्टोबरमा भारत आयोजनाको दौडबाट बाहिरिएको थियो । लगत्तै थाईल्याण्ड र दक्षिण कोरियाले समेत नाम फिर्ता लिएका थिए । जसले गर्दा चीनले प्रतियोगिता आयोजनाको मौका पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
नेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार