बाघमा पनि कोरोना भाइरसको संक्रमण
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १४:३८:२८
२४ चैत्र, एजेन्सी । अमेरिकामा बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । समाचार एजेन्सीका अनुसार न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू ‘चिडियाखाना’ चार वर्षकी बघिनीमा भाइरसको संक्रमण पुष्टि भएको हो ।
आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले चार वर्षकी मलायन टाइगरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचारमा उल्लेख गरिएको छ । नाडिया नाम गरेकी बघिनीलाई केही दिनदेखि सुक्खा खोकी लागेको थियो। त्यसपछि शंका लागेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । नाडियाकी बहिनी अजुल र अरु दुई बाघ तथा तीनवटा अफ्रिकन सिंहमा पनि लक्षण देखिएको छ ।
सबैलाई निको हुने अपेक्षा गरिएको नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले जनाएको छ । चिडियाघरका हेरालुबाट उनीहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान छ ।
समाचार स्रोतका अनुसार संक्रमण देखिए पनि अधिकांश रुपमा बघिनी स्वस्थ रहेको चिडियाखानाले जनाएको छ । बाघमा संक्रमण पुष्टि भएसँगै सबै जनावरलाई नियाली रहेको चिडियाखानाले जनाएको छ ।
संरक्षणविदले कोरोना भाइरसको वर्तमान महामारीको प्रभाव केही जंगली जनावरमा पनि पर्न सक्ने बताएका छन् । विशेषगरी गुरिल्ला र चिम्पाञ्जीहरु जोखिममा रहेको संरक्षणविदको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार