लकडाउनका कारण यस वर्ष नहुने भयो गैँडा गणना
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १५:४३:२१
२४ चैत, काठमाडौ । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाका लागि चैत उपयुक्त महिना हो । फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ । अघिल्लो गणना वैशाख १० गते सकिँदा हात्तीहरुले दुःख दिएको स्मरण गर्दै उहाँले यस वर्षको गणनाको सम्भावना भने टरेको बताएका छन् ।
चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैंडा गणना गरिने कार्यक्रम थियो । चितवनमा गैंडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक साता देखि १० दिनसम्म लाग्छ । विगत वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गणनाका लागि विभागले रु १ करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो । गत वर्षको गैंडा गणना बजेटाभावका कारण रोकिएको थियो ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान छ ।
सन् २०१५ को गणनापछि चोरीशिकारीबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम भने बढ्दै गइरहेको छ । गणना नहुने भएपछि निकुञ्जमा गैंडाको परिचय राख्ने गरी काम गरिँदै छ । प्रत्यक्ष रुपमा गैंडाको अवलोकन गरी उचाइ, लम्बाइ, कान, पुछर के कस्तो छ भनी जानकारी लिएर नामकरण समेत गरिनेछ । यसबाट गैंडाको बाहिर हेरेर थाहा हुने स्वस्थ्य अवस्था (घाउ,चोट) आदि पत्ता लाग्न सहज हुनेछ । एक सिङ्गे गैँडामा नेपाल विश्वकै दोस्रो मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार