कोरोनाले फर्काएको चेत
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १८:५४:२८
२५, चैत्र, काठमाडौं । कोरोना भाइरसको संत्राशले सारा विश्व त्राही त्राहीको स्थितिमा छ । महाशक्ति अमेरिकालगायत कहलिएका देशको हालत भिजेको बिरालो जस्तो भएको छ । लगभग ७५ हजार मानिसको इहलीला नै समाप्त भईसकेको छ, यही महामारीका कारण । संसारको आधाभन्दा बढी भूभाग लकडाउनमा छ । मान्छेका दैनिक जीवन नै कष्टप्रद छ । यति हुँदापनि आशाको दियो भने निभेको छैन । यो महामारीलाई मानव जातिले अवश्यपनि पराजित गर्ने छ । केही धैर्य गरौं, कोरोना भाइरसले पक्कै घुँडा टेक्ने छ ।
कोरोना भाइरसको कहरले ठूलै नोक्सानी भएको धेरैको बुझाई हो । तर यसका केही राम्रा पाटा पनि छन् वा रहेछन् भन्नेतर्फ हामीले चर्चा गर्ने प्रशस्त ठाउँ भेटिएको छ । भनिन्छ नि, संसारमा हरेक पक्षका दुई पाटा हुन्छन्, राम्रो अनि नराम्रो । यो दर्शनले कोरोना प्रसंगमा समेत काम गरेको छ । हिन्दूहरुको पवित्र भागवत गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ– जब जब यो धर्तीमा अन्याय र अत्याचारले सीमा नाघ्छ अनि म एउटा अवतार लिएर आउने छु र त्यसको नाश गर्ने छु । नभन्दै मानव जातिले अहिले प्रकृतिको चरम दोहन गरेको छ । जसले गर्दा यो चराचर भूमण्डलमा एकथरिले शासन गरेका छन् , अर्काथरि शासित हुनुपरेको छ । हरेक प्राणीको अस्तित्व उत्तिकै हुन्छ ।
इको सिष्टममा चलेको छ यो संसार । हरेक प्राणीको आफ्नै महत्व र योगदान छ पृथ्वीलाई जोगाउन । तर मानव जातिले आफ्नो मात्र पेवा ठाने पृथ्वीलाई । त्यसैले मानिसलाई प्रकृतिप्रति प्रेमभाव जगाउन श्रीकृष्ण नै कतै कोरोनाको रुपमा प्रकट भएका त होइनन् ? झट्ट सुन्दा ठट्टा लागेपनि यसको गहिरो अध्ययनले केही न केही अर्थ राखेकै हुन्छ । अझ हामी त धर्म, संस्कार र परम्पराको पक्षमा अटल हुने वर्गका लागि यस्ता कुरा पनि अर्थपूर्ण लाग्नु स्वभाविक छ ।
अर्काे यसको राम्रो पक्षका रुपमा वातावरणीय पक्षमा आएको सुधारलाई लिन सक्छौं । लकडाउनले गर्दा अहिले सवारी साधन , कलकारखाना बन्द छन् । जसले गर्दा पर्यावरणलाई सफा बनाउन सघाउ पुगेको छ । बढ्दो औद्योगिकीकरणले ध्वस्त भएको वातावरणलाई केही हदसम्म भएपनि यसले सघाउ पु¥याएको छ । यसलाई पनि हामी सकारात्मक रुपमा लिन सक्छौं ।
कोरोना भाइरसले गरेको सबैभन्दा सबल र सशक्त पक्षका रुपमा हामीले पारिवारिक घुलमिललाई लिन सकिन्छ । अहिले एउटै परिवारका सदस्यबीच पनि राम्रो भेटघाट र बोलीचाली नहुने अवस्था थियो । सधैंको भागदौड र आय आर्जनको होडबाजीले परिवार भित्रै एकले अर्कालाई बुझ्नसमेत सकिरहेका छैनन् । साथै बाबुआमाको छोराछोरीसँगको माया, प्रेम र विश्वास पनि कमजोर रहेको स्थिति हो । तर यो कोरोनाको कहरले सबैले एक अर्कालाई बुझ्न र विश्वास गर्न बल पु¥याइदिएको छ । आपसी माया र सद्भावलाई नयाँ उँचाईमा पु¥याउन कोरोना संत्राश उपयोगी भएको तर्क गरियो भने गलत हुने छैन ।
बैदेशिक रोजगारीबाट कमाएर पठाएको रकम हामीले कृषि उपज आयात गर्न खर्चनुपर्ने अवस्था छ । जसले गर्दा उताबाट आएको पैसा फेरि उतै फिर्ता हुने गर्छ । तर बैदेशिक रोजगारी गुमाएर नेपाल फर्किएका युवा शक्तिलाई सरकारले आगामी बजेटमार्फत आकर्षक कार्यक्रम ल्यायो भने राष्ट्रिय उत्पादकत्वमा बुद्धि हुन गई अर्थतन्त्र अझै मजबुत हुने छ । यसबाट देशलाई दीर्घकालीन रुपमा ठूलो मद्दत पुग्छ ।
यस्तै,पूर्वीय दर्शन र संस्कारको पुर्नस्थापनामा समेत कोरोना कहरले पु¥याएको योगदान कम महत्वको छैन । कोरोना संक्रमणको मूल जरो भनेको हात मिलाउने र अंकमाल गर्ने पश्चिमा शैली नै रहेको प्रमाणित भएको छ । त्यसैले अहिले संसार भरि नै हात जोडेर अभिवादन गर्ने संस्कारको पुर्नस्थापना भएको छ । चाहे अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प होस् वा बेलायती युवराज चाल्र्स नै किन नहुन् कोरोनाकै डरले नमस्ते गर्न थालेका छन् । हेर्दा सामान्य लागेपनि यसको शास्त्रीय महत्व भने विचित्रको छ । हामीले समेत त्यागिसकेको संस्कृति र परम्परालाई फेरि ताजा बनाइदिएको छ कोरोना कहरले ।
खासगरी महिला वर्गको मासिक धर्मका बेला निस्कने बिकारले कसैलाई नोक्सानी नपुगोस् भनेर छोइछाई नगर्ने हाम्रो संस्कार हो । त्यसको महत्व साँच्चै नै उपयोगी रहेछ भन्ने मान्यतालाई फेरि जगाइदिने काम कोरोना भाइरसको सन्दर्भले गरेको छ । यद्यपि यस्ता विषयको उठान गर्दा कतिपयलाई चित्त नबुझ्न सक्छ । तर विज्ञानले समेत यो पक्षलाई स्वीकार गरिसकेको छ । अहिले छाउविरुद्ध जोडदार अभियान चलाउनेका लागि मेरो सोच र धारणा नपच्न सक्छ
कोरोनाका कारण अब संसार भरि नै रोजगारी गुम्ने अवस्था छ । त्यसले नेपाल र नेपालीलाई ठूलै प्रभाव पार्ने देखिन्छ ।किनभने बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको बिप्रेषण अर्थात रेमिट्यान्सले नै राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाएको हो । झट्ट हेर्दा यसले त बित्याँसै पार्ने लख काटिनु स्वभाविकै हो । तर यसका सकारात्मक पक्षबारे पनि थोरै चर्चा गरौं । बैदेशिक रोजगारीका नाममा युवा शक्ति विदेश पलायन हुँदा देशको उर्वरभूमि त्यसै बाँझै बसेको छ । बैदेशिक रोजगारीबाट कमाएर पठाएको रकम हामीले कृषि उपज आयात गर्न खर्चनुपर्ने अवस्था छ । जसले गर्दा उताबाट आएको पैसा फेरि उतै फिर्ता हुने गर्छ । तर बैदेशिक रोजगारी गुमाएर नेपाल फर्किएका युवा शक्तिलाई सरकारले आगामी बजेटमार्फत आकर्षक कार्यक्रम ल्यायो भने राष्ट्रिय उत्पादकत्वमा बुद्धि हुन गई अर्थतन्त्र अझै मजबुत हुने छ । यसबाट देशलाई दीर्घकालीन रुपमा ठूलो मद्दत पुग्छ ।
कोरोना भाइरसको संक्रमण कम गर्न सामाजिक दूरी ज्यादै प्रभावकारी उपाय भएको विभिन्न अध्ययनले पुिष्ट गरेको छ ।हाम्रो पूर्वीय दर्शनको मर्म भनेकै त्यही हो । मानिस भित्रको बिकार शरीर आफैंले त्याग गर्छ । खासगरी महिला वर्गको मासिक धर्मका बेला निस्कने बिकारले कसैलाई नोक्सानी नपुगोस् भनेर छोइछाई नगर्ने हाम्रो संस्कार हो । त्यसको महत्व साँच्चै नै उपयोगी रहेछ भन्ने मान्यतालाई फेरि जगाइदिने काम कोरोना भाइरसको सन्दर्भले गरेको छ । यद्यपि यस्ता विषयको उठान गर्दा कतिपयलाई चित्त नबुझ्न सक्छ । तर विज्ञानले समेत यो पक्षलाई स्वीकार गरिसकेको छ । अहिले छाउविरुद्ध जोडदार अभियान चलाउनेका लागि मेरो सोच र धारणा नपच्न सक्छ, तर यथार्थलाई हामीले नस्वीकारिक धरै छैन ।
नेपालीहरुका लागि हात हुनु भनेको जीवनपद्धति नै हो । खाना खानुअघि र पछि मात्र होइन, शौच गरिसकेपछि साबुन नभए खरानीपानीले मिचिमिची हात धुने हाम्रो संस्कार समेत हो । तर यही मान्यतालाई आज कोरोना भाइरससँग लड्ने गतिलो हतियार बनायो विश्व समुदायले । त्यसैले कोरोना भाइरसको संक्रमणले नेपाली परम्परा र संस्कारको पुरातनी भनिने मान्यतालाई आज संसारले नै आज स्वीकार्न बाध्य भएको छ ।
लकडाउन पनि हाम्रो संस्कारको एउटा अभिन्न अंग थियो । अनावश्यक ठाउँमा नजाने र जानै परेपनि घर पस्दा विभिन्न विधिको प्रयोग गरिन्थ्यो । कतै बाहिरबाट घर आउने वित्तिकै पहिला हातमुख राम्रोसँग धुने हाम्रो परम्परा मात्र नभई संस्कार नै हो । अझ रातबिरात बाहिरबाट घर पस्दा त पहिला आगो छुने नेपाली परम्पराले अहिले त्यसको महत्व र गाम्भियर्तालाई पुर्नस्थापित गरिदिएको छ । साथै खाना खाँदा लुगा खोल्ने र अलग्गै खाने नेपाली चलन अहिले धेरैले बिर्सिसकेका छन् । तर त्यसको शास्त्रीय मात्र होइन चिकित्सीय महत्वसमेत यतिबेला आएर प्रष्टिएको छ ।
अर्काे महत्वपूर्ण पाटोका रुपमा हात धुने शिक्षा रहेको छ । नेपालीहरुका लागि हात हुनु भनेको जीवनपद्धति नै हो । खाना खानुअघि र पछि मात्र होइन, शौच गरिसकेपछि साबुन नभए खरानीपानीले मिचिमिची हात धुने हाम्रो संस्कार समेत हो । तर यही मान्यतालाई आज कोरोना भाइरससँग लड्ने गतिलो हतियार बनायो विश्व समुदायले । त्यसैले कोरोना भाइरसको संक्रमणले नेपाली परम्परा र संस्कारको पुरातनी भनिने मान्यतालाई आज संसारले नै आज स्वीकार्न बाध्य भएको छ । यसलाई हामीले एउटा मान्यताको ट्रान्सफर्मेशनका रुपमा लिंदा राम्रो हुनेछ । सायद त्यसैले भनिएको होला पूर्वीय संस्कार र मान्यता नै विश्व मानव समुदायको सबैभन्दा पुरानो र उपयोगी शास्त्र हो । नभन्दै यतिबेला बशुधैब कुटुम्बकमलाई सबैले अंगिकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार