मनकारी क्याप्टेन : एक महिनाको घरभाडा छुट
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २२:५०:८
२५ चैत वालिङ । यहाँका एक घरबेटीले दश परिवारका लागि एक महीनाको घरभाडा छुट दिएका छन् । वालिङ नगरपालिका १ रामबाच्छा बस्ने क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महीनाको घरभाडा छुट दिने घोषणा गरेका हुन् ।
“लकडाउनका कारण काम गरेर खाने समुदायमा निक्कै अप्ठ्यारो परेको छ” घरबेटी गुरुङले भने, “उहाँहरुको पीडामा आहात नभई राहतस्वरुप एक महीनाको घरभाडा छुट दिने घोषणा गरेको हुँ ।” वालिङ १ रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समितिको कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् ।
“प्रत्येक महीना घरभाडाबाट सत्र हजार ५०० बुझ्ने गरेको थिएँ” घरबेटी गुरुङले भने, “सारा विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिनु जरुरी ठान्दछु ।” आँफूले एक महीनाको भाडा छुट दिंदै गर्दा केही परिवारलाई खाद्यान्न जोहो गर्नका लागि सहयोग पुग्ने भएकाले पनि आँफूले भाडा नलिने निर्णय गरेको घरबेटी गुरुङले बताए । गुरुङले आज वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा १५ हजार नगदसमेत उपलब्ध गराएका थिए ।
एक महीनाको घरभाडा छुट दिएर क्याप्टेन गुरुङले उदाहरणीय कार्य गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “विश्वभर सबै समुदाय कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा क्याप्टेन गुरुङले गर्नुभएको सहयोगको प्रशंसा गर्दछु” नगर प्रमुख खाँणको भनाई थियो । वडा कार्यालयले मनकारी गुरुङप्रति आभार ब्यक्त गर्दै अरुले पनि उनको कार्यको अनुकरण गर्न सके राम्रो हुने वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार