आजदेखि लकडाउनलाई थप कडाइ
नेपालबहस संवाददाता
चैत २५, २०७६ बुधबार ४:४:५५
२५ चैत्र, काठमाडौं । ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने व्यवस्था मिलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । भित्री सडकमा भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको उनले बताए ।
कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरिएको थियो । लकडाउन उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका मात्रै उक्त सवारीसाधन छाड्ने गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने पाँच हजार बढी सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ भने २५ हजारभन्दा बढी मानिसलाई समेत कारवाही गरिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा विभिन्न मितिमा जारी भएको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर पनि मान्य हुने जनाएको छ । यो समयमा पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी थालेकोसमेत प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार