एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १३:५३:५३
२६ चैत्र, एजेन्सी । भारतमा कोभिड १९ बाट संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ पुगेको छ ।पछिल्लो तथ्याङ अनुसार मृतकको संख्या १२४ पुगेको छ र उपचारपछि तीन सय ५२ जना निको भएका हुन् ।
पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो । मंगलबार महाराष्ट्रमा मात्र एक सय ५० जना संक्रमित भेटिएका छन् । यो एउटै राज्यमा एक दिनमा संक्रमित हुनेको सबैभन्दा बढी हो । यहाँ संक्रमितको संख्या करिब एक हजार पुगेको छ ।
भारतमा कोभिड १९ का कारण मंगलबार १४ महिनाको शिशुको पनि मृत्यु भएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका यी बालक भारतमा कोभिड १९ का कारण मृत्यु हुने कम उमेरका व्यक्ति हुन् ।
दिल्लीमा ५ सय ७६ जनामा संक्रमण भेटिएको छ भने मृतक संख्या नौ जना पुगेको छ । दिल्लीमा मंगलबार दुई जनाको मत्यु भएको छ । दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्, जसलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित ४० जना नयाँ सक्रमित भेटिएका छन् । यहाँ संक्रमितको संख्या चार सय चार पुगेको छ । गुजरातमा मंगलबार तीन जनाको मृत्यु भई मृतक संख्या १६ पुगेको छ ।
महाराष्ट्रमा मंगलबार १२ जनाको मृत्यु भएको छ, यहाँ मृतक संख्या ६४ पुगेको छ । मृत्यु हुने १२ जनामध्ये ६ जना मुम्बईका रहेका छन् र ३ जना पुगेका छन । तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन् ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म तीन सय पाँच जना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ । विहारमा ३२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार