ताजा अपडेट : विश्वभर भाइरसबाट ८२ हजारको मृत्यु !
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १४:१९:३
२६ चैत्र, एजेन्सी । विश्वव्यापी रुपमा महामारी लिएको कोरोना भाइरस ‘कोभिड-१९’ बाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।
दुई सय ९ देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट १४ लाख ३१ हजार ६ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन लाख २ हजार १ सय ५० जना उपचारपछि निको भएका छन् । १० लाख ४७ हजार ४ सय ६३ जनाको उपचार भइरहेको छ । त्यस्तै ८२ हजार ७८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९ सय १९ जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे १२ हजारभन्दा धेरै भएको छ । ३ लाख ९५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै फ्रान्समा पनि एकैदिन एक हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा ज्यान गुमाउनेको सङ्ख्या १० हजार भएको छ । इटलीमा १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा सात हजार तीन सय १४ जनाको ज्यान गएको छ भने ७९ हजार ६ सय ८० जना नयाँ बिरामी थपिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार