आज ३१ औं जनआन्दोलन दिवस, कांग्रेस नेता केसी र सिंहद्धारा शुभकामना व्यक्त
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १९:१७:५
२६ चैत्र, काठमाडौं । आज चैत २६ गते, ३१ औं जनआन्दोलन दिवस । ३० वर्षे पञ्चायती शासन व्यवस्थाले घुँडा टेकेको थियो, २०४६ को आजैको दिन । नेपाली कांग्रेसको नेतृत्वमा बाम गठबन्धनसमेत सहभागी उक्त जनआन्दोलनले देशमा प्रजातन्त्रको पुर्नस्थापना गरिदिएको थियो । सयौं नेपालीको बलिदानीको जगमा पुर्नस्थापना भएको प्रजातन्त्रले देशमा बहुदलीय व्यवस्थाको अभ्यास गर्ने वातावरण बनाएको थियो ।
सर्वोच्च कमाण्डर एवं सर्वमान्य नेता तथा लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा सिंगो राष्ट्र आन्दोलनमा होमिएको थियो ।त्यसको सम्झनामा विशेष कार्यक्रम गर्ने परम्परालाई यसपाला निरन्तरता दिन सकिएन । कोरोना भाइरसको चुलिंदो संक्रमण त्राशले गर्दा अहिले देश लकडाउनमा छ । त्यसैले कुनैपनि कार्यक्रम गर्ने अवस्था रहेन । जनआन्दोलन दिवसको सम्झनामा यसपाली राजनीतिक दलहरुले वक्तब्यसमेत जारी गरेका छैनन् । नेपाली कांग्रेसले पनि कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि कतिपय कांग्रेस नेताहरुले भने जनआन्दोलन दिवसको स्मरण गरेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले देशमा प्रजातन्त्र पुर्नस्थापनाका निम्ति जीवनको आहूति दिने ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गदैै प्रजातन्त्र अझ उन्नत रहोस् भनि शुभकामना व्यक्त गरेका छन् । तीन दशकको पञ्चायती कालरात्री अन्त्य गरी देशमा सुनौलो किरण छर्ने काममा आजको दिन कालजयी रहेको समेत नेता केसीले व्यक्त गरेका छन् ।
यसैगरी, नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि जनआन्दोलन दिवसको स्मरणमा नेपाली जनतालाई शुभकामना दिएका छन् । नेता सिंहले भनेका छन्, “२०४६ सालमा आजकै दिन सर्वोच्च कमाण्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनबाट तानाशाही पञ्चायती व्यवस्था अन्त्य भै बहुदलीय व्यवस्था पुनःस्थापना भएको हो । आज नेपाली जनताको जित भएको ऐतिहासिक दिन हो । यस विशेष दिनको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै प्रजातन्त्र प्राप्तिको जनआन्दोलनमा आफ्नो ज्यान बलिदान गर्नु हुने ज्ञात–अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”
विभिन्न कालखण्डमा हामीले सडकमा मानवसागर ओरोलेर राजनीतिक लडाइँ जित्यौं । अहिले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसलाई हामी सबै मिलेर परास्त गर्नुपर्ने चुनौती छ । घरमै सुरक्षित बसेर कोरोना भाइरसविरुद्ध लडौं । आफू पनि बचौं, अरुलाई पनि बचाऔं । समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटौं, नेता सिंहले सामाजिक सञ्जाल फेसवुकमार्फत उल्लेख गरेका छन् ।
नेपालबहस डटकमका तर्फबाट समेत आजको विशेष दिनमा सम्पूर्ण नेपालीहरुमा शुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार