यशोदादेवी भगवानसिंह केसी ट्रष्टद्वारा स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १९:५१:४६
२६ चैत्र, नुवाकोट । ०४६ सालको ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्ना मातापिताको नाममा स्थापित सामाजिक संस्थामार्फत आज नुवाकोटमा कोरोना भाइरसका नियन्त्रणमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले कोरोना उपचारमा संलग्न स्वास्थकर्मीहरुका लागि सुरक्षा सामग्री उपलव्ध गराएको हो । त्रिशुलीमा आज आयोजित कार्यक्रममा ट्रष्टका तर्फबाट संरक्षक तथा जेष्ठ सुपुत्र अर्जुननरसिंह केसीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नुवाकोट जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको उपस्थितिमा ट्रष्टका तर्फबाट जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख सागर पी घिमिरे र त्रिशुली अस्पतालका प्रमुख रेमकुमार राईलाई सो सामग्री हस्तान्तरण गरिएको हो । ट्रष्टका तर्फबाट अध्यक्ष डा. केदारनरसिंह केसी र महासचिव जगदीश्वरनरसिंह केसीसमेतको सहभागितामा सामग्री हस्तान्तरण गरिएको थियो ।
ट्रष्टका तर्फबाट आज हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा ८८ सेट पीपीई, ६ सय थान ग्लोब, पाँच हजार पीस सर्जिकल मास्क र एकहजार दुईसय थान सेनिटाइजर रहेका छन् । यसरी वितरण गरिएको सामग्री जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी, सबै गाउँपालिका तथा दुईवटा नगरपालिकालाई चार चार सयका दरले पुग्ने गरि मास्क वितरण गरिएकाे हाे । पीपीई भने सबै स्वास्थ्य चाैकीलाई एकएक थान पुग्ने गरि अन्य स्वास्थ्य सामाग्री बाडिएकाे छ ।
यसैगरी ट्रष्टले कोरोना नियन्त्रणका लागि फ्रण्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मी, पत्रकार र मजदूरहरुका लागि आवश्यक मास्क र सेनिटाइजर पनि वितरण गरेको छ । साथै पीपीई खरिद गर्न सहयोग गर्ने हाल क्यालिफोर्निया बस्ने धनन्जय नरसिंह केसी र मदानपुर निवासी कृस्ण पाण्डेलाई हार्दिक धन्यवाद दिइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार