ओलीको संबोधन लहडी : महामन्त्री शेरचन
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार २१:२७:१८
२६ चैत्र, काठमाडौं । नेपाली कांग्रेस ( बीपी ) का महामन्त्री सुशीलमान शेरचनले प्रधानमन्त्री केपी ओलीले हिजो राष्ट्रको नाममा गरेको संबोधन अपूरो र लहडी भएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।
आधा घण्टा लामो संबोधनका क्रममा प्रधानमन्त्री ज्यादै कमजोर र अस्वस्थ देखिएको भन्दै आफ्नो स्वास्थ्यका बारेमा एक शव्द नबोलेर जनताप्रतिको दायित्व नै बिर्सिएको आरोप शेरचनले लगाएका छन् । साथै संबोधनले केही महत्वपूर्ण पक्षलाई नजरअन्दाज गरेकोमा दुख प्रकट गर्दै महामन्त्री शेरचनले भनेका छन्– खासगरी उद्योगधन्धाले खेपेको मारका विषयमा केही पनि बोलिएन, यसले साना, मध्यम र ठूला उद्योगपति र व्यापारीलाई राहत दिने कुनै कार्यक्रम नआउनु दुखद पक्ष हो । साथै व्यापारीले लिएको कर्जा वाणिज्य बैंक, विकास बैक, फाइनान्स , वित्तीय संस्थाहरुको ब्याज छुटका सन्दर्भमा संबोधनले समेट्नुपर्नेमा त्यो हुन नसक्नु गलत हो – उनले भनेका छन् ।
यस्तै प्रकृतिबाट गुज्रिरहेको भारतको उदाहरण प्रस्तुत गर्दै महामन्त्री शेरचनले त्यहाँ ७५ देखि ९० प्रतिसतसम्मको छुटको व्यवस्था गरिएको उल्लेख गरेका छन् । यसैगरी नेपालले विदेशी पर्यटकहरुको उद्धार गर्दा विदेशमा रहेका आफ्ना नागरिकको भने कुनै वास्ता नगरेकामा पनि नेता शेरचनले क्षोभ प्रकट गरेका छन् ।
आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व सरकारको हो भन्दै उनले कूटनीतिक नियोगमार्फत यस्तो पहल नहुनु र यसबारे प्रधानमन्त्री मौन रहनु पनि गलत भएको स्पष्ट गरेका छन् । यस्तै नेपालबाट विदेश जानेलाई डलर लैजाने सुविधामा कटौती गरेर १५ सयमा झारिएकोृ प्रसंग उल्लेख गर्दै महामन्त्री शेरचनले प्रश्न गरेका छन्– त्यति थोरै पैसा बोकेका नेपालीको के हालत भएको होला? अझै समय छ तत्काल उद्धार गरियोस् ।
यस्तै संवोधनले छुटाएको अर्काे विषय उठान गर्दै उनले चिकित्सक , नर्स र एम्बुलेन्स चालकलाई आवश्यक ओरिएन्टेसन, सल्लाह र मेडिकल सामग्री दिन समेत नसकिएकोमा आक्रोश व्यक्त गरेका छन् । यसबारे प्रधानमन्त्री मौन बसेर सम्वद्ध पक्षलाई निराश बनाएको पनि उनले बताएका छन् । विदेशबाट विभिन्न भन्सार नाकामा आई अलपत्र परेका स्वास्थ सामग्री तथा स्वास्थ उपकरण छुटाउने पहल समेत नभएको भन्दै उनले यसबारे पनि प्रधानमन्त्रीको संवोधनमा ध्यान नपुगेको आरोप लगाएका छन् ।
संवोधनका क्रममा नेपालमा केवल ९ जनामा संक्रमण देखिनुलाई सरकारको सफलताका रुपमा चित्रण गरिएकोमा आश्चार्य प्रकट गर्दै नेता शेरचनले दोस्रो चरणमा प्रवेश गरेको कोरोना कहरले कस्तो रुप लिने हो ? भन्न कठिन रहेको स्मरण गराएका छन् ।
संवोधनका क्रममा प्रधानमन्त्री ओली सञ्चार जगत् र सामाजिक सञ्जालप्रति आक्रमक देखिएको भन्दै उनले उप प्रधानमन्त्री इश्वर पोखरेल लगायत उनका छोरा क्षितिज र अन्य मन्त्रीहरुको भ्रष्टाचारलाई ओलीले ढाकछोप गर्न खोजेको बताएका छन् ।
ओम्नी समूहलाई चीनबाट औषधि ल्याउने ठेक्का दिइएको विषय आफूलाई थाहा नभएको बताएर उनले उक्त काण्डमा आफ्नो संलग्नतालाई स्वीकारेको अर्थमा बुझ्नुपर्ने पनि नेता शेरचनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार