चौधरी फाउण्डेसनबाट ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार ४:३३:३१
२६ चैत्र, काठमाडौं । चौधरी ग्रुपको चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आज कोरोना भाइरसको परीक्षणमा उपयोग हुने एक हजार थान ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फाउण्डेसनका महाप्रबन्धक मधूसुदन पौडेलले मन्त्रालयमा सो हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिँदै यसले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने उल्लेख गरेका थिए।
फाउन्डेसनका महाप्रबन्धक पौडेलले सामाजिक हितका निम्ति जहिल्यै सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए । फाउण्डेसनले ‘पीसीआर रिएजेन्ट’ चीनबाट आयात गरेको जनाएको छ । यसअघि पनि फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पिपिई र अन्य स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार