तारकेश्वरका सम्पूर्ण वडामा राहत विवरण शुरु
नेपालबहस संवाददाता
चैत २७, २०७६ बिहिबार १४:४७:२५
२७ चैत्र, तारकेश्वर । काठमाडौंको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण शुरु भएको छ । कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु गरेको हो ।
हाल समस्यामा परेका विपन्न, गरीब र अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताए । बुधबारदेखि शुरु भएको राहत नगरपालिकाका सात हजार ११ परिवारले पाउने छन् । नगरपालिकाभित्र डेरा गरिबसेका र ज्यालामजदूरी गर्नेलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको जनाइएको छ ।
नगरपालिकाले तीनभन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई साबुन प्रदान गरेको छ । त्यस्तै तीनभन्दा कम सदस्य भएका परिवारलाई त्यसको आधा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै नाम सङ्कलन गर्दा चार सय एक जना पाइएको छ । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार