शनिबार , कार्तिक १५, २०७७

लकडाउनले निन्द्रा लथालिंग !

लकडाउनले निन्द्रा लथालिंग !

२८ चैत्र, काठमाडौं । अहिले लकडाउन छ । लकडाउनकै कारण घरमै बस्नुपर्ने बाध्यता छ । दिन रात काम नभएपछि मानिसहरु घरमै बसिरहेका छन । काम नभएपछि खाने, बस्ने र सुत्ने मात्रै भइरहेको पनि छ । पहिले पहिले दिनभरी अफिस हुन्थ्यो । तर अहिले दिनभरी कामै बस्ने र सुत्ने मात्रै भइरहेको छ ।

दिनभरी सुत्ने भएपछि रातमा धेरैलाई निन्द्रा नलाग्ने समस्या बढेको छ । निन्द्रा नलाग्ने समस्यालाई ‘इन्सोम्निया’ भनिन्छ । अहिले धेरैलाई यो समस्या छ । अहिले निन्द्राको समय तालिका तलमाथि भएमा भोलि ठूलो रोगको जोखिम पनि बढ्न सक्ने हुन्छ । अनिद्रा भइराखे डिप्रेशन र एन्जाइटी बढ्न सक्ने डाक्टरहरुको भनाई छ ।

सुत्ने समयको चाँजापाँजो धेरैको गडबड नै छ । अन्य दिनमा हामी जसरी नियमित सुत्ने र उठ्ने तालिका बनाइएको थियौ । त्यो अहिले लथालिंग भएको छ । बिहानै उठ्नेहरु अहिले ९ देखि १० बजेतिर उठ्छन । अबेर उठ्नेहरु अचेल दिउँसो १२ बजेदेखि १ बजेतिर उठ्ने गर्छन । त्यसमाथि खाने, सुत्ने, बस्ने र मोबाइल चलाउने मात्रै दैनिकी छ ।

यस्ता रोग लाग्न सक्छन !

यस्तो अस्तव्यस्त दैनिकीले मधुमेहको जोखिम बढाइदिन्छ । उच्च रक्तचाप जस्ता दीर्घ रोग लाग्ने संभावना धेरै हुने डाक्टरको भनाई छ । यस्तो बेला खानपानमा ध्यान नदिदा मोटोपन र मुटु रोगको समेत बढ्न सक्छ । यस्तै शरीरमा ग्लूकोज राती न्युन स्तरमा रहने गर्छ । तर, ढिला गरी सुत्ने व्यक्तिहरु राती खानेकुरा, मदिरा, चिया, कफीको तलतल लाग्छ ।

केही न केही खान्छन् । यसरी खानाको कारण रगतमा ग्लुकोजको स्तर बढ्न पुग्छ । यसले टाइप २ मधुमेह हुने जोखिम बढ्छ । राती अबेरसम्म बस्ने । बिहान ढिलो उठ्ने । यसले खानपान शैली नराम्ररी प्रभावित हुन्छ । कतिबेला खाने भन्ने टुंगो हुँदैन ।

यसरी शरीरको आवश्यक्ता अनुरुप खानपान तालिका मिल्दैन । यसले शारीरिक कमजोरी र रोग निम्त्याउँछ । विहान अवेरसम्म सुत्नुको असर दिमाग तथा हर्मोनमा समेत पर्ने गर्छ । यसले चिन्ता र दुःखको भाव गराउँछ । यस्तै उनीहरुमा छटपटी र बेचैनी समेत पैदा हुन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय