माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार २३:४८:४८
३० चैत, खोटाङ । दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ । माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृत्यु भएको हो ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११ः५५ बजे डुबेका सबिनको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले बताएका छन् । नदीमा डुबेपछि उद्धार गर्ने क्रममा खोजी गर्दा करीब ५० मिटर तल जालमै बेरिएको अवस्थामा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । सबिनको जेठा दाजु बृखधन राई सिकिस्त बिरामी भएर सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएकै दिन सबिनको नदीमा डुबेर ज्यान गएको स्थानीयवासीले बताएका छन् ।
मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताएका छन् । सबिन ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार