सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार १३:४:१६
१ वैशाख काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गरेका छन् । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा उनले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्पष्ट गरे।
पूर्वअध्यक्ष रेग्मीले भनेका छन्, “एकल प्रयासले मात्र लड्न असम्भव देखिएको यो महामारीलाई सामूहिक प्रयास र सहयोगले परास्त गर्न सफल होऔँ । बन्दाबन्दी ‘लकडाउन’को उल्लङ्घनबाट होइन यसको परिपालनाबाट नै हामी सुरक्षित हुन्छौँ भन्ने कुरा नबिर्सौं ।” उनले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे
सुख, शान्ति र समृद्धि प्राप्ति होस् : राजपा
राष्ट्रिय जनता पार्टीका संयोजक शरत्सिंह भण्डारीले नयाँ वर्षका उपलक्ष्यमा देशविदेशमा रहेका सबै नेपाली परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मुलुकमा जारी लकडाउनबाट दैनिक मजदूरी गरी जीवनयापन गरिरहेका तथा विपन्न वर्गलाई रोजीरोटीका लागि परिरहेको समस्या सम्बोधन गर्न प्रभावकारी कदमको आवश्यकता औँल्याउँदै सन्देशमा उहाँले नयाँ वर्षले कोरोना, गरीबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने कार्यमा सफलता प्रदान गरोस् भन्ने कामना व्यक्त गरे ।
लकडाउनको पालना गर्नुस् : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का अध्यक्ष कमल थापाले कोभिड–१९ लाई पराजित गरी मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने जनताको उत्कट चाहनालाई नयाँ वर्षले सम्बोधन गर्न सकोस् भन्दै सम्पूर्ण नागरिकको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरे ।
उनले भनेका छन्,, “लकडाउनको कठोर पालनाबाट मात्र कोभिडको प्रकोपलाई पराजित गर्न सक्दछौँ । यो यथार्थलाई आत्मसात् गर्न म सबैमा अपिल गर्दछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार