प्रम ओलीले पारिश्रमिक नलिने
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार १६:२१:३
१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संक्रमण अन्त्य नभएसम्म आफूले राज्यकोषबाट तलव भत्ता नलिने घोषणा गरेका छन् ।
नयाँ वर्ष २०७७ को उपलक्ष्यमा आज देशवासीलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका हैसियतले पाउने तलव लगायतका सबै सुविधावापतको रकम कोभिड–१९ विरुद्ध लड्न खडा गरिएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उल्लेख गरेका छन् ।
मैले कोरोना महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने निर्णय गरेको छु– शुभकामना सन्देशमा भनिएको छ । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा हो भन्दै उनले यस्तो निर्णय लिएको उल्लेख गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले देशको प्रगतिमा हुने उपलव्धिको न्यायोचित वितरण र अफ्ठेरोमा हुने क्षतिको भारवहन हामी सबैले मिलेर गर्नुपर्ने पनि स्पष्ट गरेका छन् ।
विश्वव्यापी बनेको यो रोगको सामना विश्वव्यापी ढंगबाट नै भइरहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्– यो संकटको समाधान विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र संभव छ । साथै राष्ट्रियव्यापी रुपमा पनि यसको एकतावद्ध ढंगले सामना गर्न आह्वान गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार