कोरोनाको द्रुत परीक्षण शुरु, ३८ जनाको रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २२:३५:५५
१ वैशाख, सप्तरी । कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । आज आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ ।
हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उनले जानकारी दिएका छन् । सरकारले ‘¥यापिड टेष्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण शुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउँन आएका व्यक्तिमा ‘¥यापिड टेस्ट’ विधिको प्रयोग शुरु गरिएको छ ।
अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरुप स्वास्थ्य चौकीलाई १०० थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । किट उपलब्ध हुनासाथ परीक्षण शुरु भएको जनाउँदै प्रमुख मेसु डा दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताएका छन् । उनका अनुसार क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४औँ दिन परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पिसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार