कोरोनाबाट भारतमा २४ घण्टामा २७ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १५:३०:१८
२ वैशाख काठमाडौं । भारतमा तिब्र गतिमा कोरोना फैलिएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या साढे ३ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाकै कारण ३ सय ५८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २७ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना फैलिने दर पनि निकै बढेको छ । शुरुमा केही हजारमा देखिएको कोरोना एक हप्तामा १० हजार भन्दा धेरैमा फैलिएको छ । सोमबार रातीसम्म भारतमा १० हजार ४ सय ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
१२ सय भन्दा धेरै पछिल्लो २४ घण्टामा मात्रै फेला परेका हुन । यसरी संख्या बढ्दै जाँदा अब अमेरिकापछि भारतमा कोरोनाले ठूलो क्षति गर्ने आशंका गरिएको छ । अहिलेसम्म १ हजार १ सय ८१ जना उपचारपछि घर फर्किएका छन ।
८ हजार ९ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । भारतले लकडाउन शुरु गरेको तेस्रो हप्ता पुगेपनि संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको छ । भारतमा कोरोनाबाट संंक्रमित हुने केही नेपाली पनि छन । जसको अवस्था सामान्य रहेको बताइएको छ ।२
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार