पुष्प व्यवसायी मर्कामा, २० लाख बराबरको घाटा
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १६:५५:४३
२ वैशाख, काठमाडौं । आफ्नो ग्रिन हाउसमा ढकमक्क फूल फुलेपनि धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरस्थित होरिजन नर्सरीका सञ्चालक वीरेन्द्र श्रेष्ठले हरेर दिन बिताउनुपरेको छ । “मेरो नर्सरीमा अहिले गुलाफ, जिप्सी, कार्नेशन, लिमोनियम (स्टाटिस) फूल ढकमक्क फुलिरहेको छ तर बेच्न नपाउँदा कुनैको कोपिला नै चुँडेर फाल्ने र कुनै काटेर चोकमा लगेर बाँड्ने गरेको छु ।” उनले भने, “चैत २०÷२२ देखि वैशाख जेठसम्म फूल बेच्ने समय हो, तर बिक्री गर्ने अवस्था नै नभएपछि काटेर फाल्नुको विकल्प छैन ।”
उनलाई यसका कारण करिब २० लाख रुपैयाँ घाटा पर्ने देखिएको छ । एकातिर आम्दानी खेरा जानु, अर्कोतिर भाडा तिर्नुपर्ने समस्या र कामदारलाई तलब कसरी ख्वाउने भन्नेमा चिन्तामा श्रेष्ठ हुन्छन् । “फुलेको फूलहरु सबै काटेर दुई/तीन पटक चोकमा लगेर राखिसकेँ, बाटोमा हिँड्नेहरुले लान त पाउँछ भनेर चौतारामा राख्ने गरेको छु ।”
बनेपा नगरपालिका १० जनागालका अर्का पुष्प व्यावसायी भोजराज तिमल्सिनाले यस वर्ष आफूहरु ठूलो मारमा परेको बताउछन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष एवं युनिक फ्लोरा फर्मका सञ्चालक तिमल्सिनले फुलिरहेको फूल फाल्नुबाहेक अरु विकल्प नभएको बताएका छन्।
“फूल फुल्न थालेपछि धैर्य गर्न पनि नहुने, दिन बिराएर बजारीकरण गर्नुपर्नेमा उल्टै फाल्नका कामदार लगाउनुपर्ने अवस्था छ ।” उनले भने, “भ्रमण वर्ष र नयाँ वर्षलाई केन्द्रित गरेर उत्पादन गरेको फूलखेती लकडाउनका कारण ठूलो घाटामा गयो ।” उनले विषेश गरी कार्नेशन, जर्वेरा, लिमोनियम र गुलाफको खेती गरेका छन् ।
बनेपा नगरपालिका १० जनागालका अर्का मोर्डन नर्सरी व्यावसायी ध्रुव दाहालले यही मौसममा विशेषगरी चल्ने फूलको विरुवा बेचेर आम्दानी गर्ने उनले यसवर्ष धेरै घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताएका छन् । “विशेष गरी होटलहरुमा विरुवा लाने समय हो, तर नर्सरीबाट विरुवा नै बेच्न नपाएका कारण ठूलो मार खेप्नु परेको छ ।” उनले भने, “महिनाको करिब एक लाखको दरले घाटा व्यहोर्नु परिरहेको छ ।” दाहालले भने ।
एसोसिएशनका काभ्रेपलाञ्चोकका अध्यक्ष एवं होरिजन नर्सरीका सञ्चालक वीरेन्द्रबहादुर श्रेष्ठले पछिल्लो समयमा ३० जनाभन्दा बढी किसानहरुले फूल खेती गर्दै आइरहेका छन् । व्यवसायिकरुपमा नै खेती गर्दै आएका किसानले करिब रु १५ करोडसम्मको लगानी गरी खेती गरिरहेको बेला लकडाउनले समस्यामा पारेको बताउका छन् । एसोसिएशनका काभ्रेपलाञ्चोकका उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष अन्दाजी रु तीन करोड भन्दा बढीको घाटामा पर्ने खतरा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार