भारतमा वैशाख २१ गतेसम्म लकडाउन
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १७:४०:११
२ वैशाख एजेन्सी । भारतले थप तीन हप्ता लकडाउन लम्ब्याएको छ । यसअघिदेखिको लकडाउन बुधबार सकिन लागेका बेला मंगलबार नै प्रधानमन्त्री नरेन्द्र मोदीले थप तीन हप्ता लकडाउन लम्ब्याएको बताएका हुन ।
भारतमा तिब्र गतिमा कोरोना फैलिरहेको छ । संक्रमितको संख्या १० हजार नाघेपछि जोखिम झन बढेको छ । अहिलेसम्म झण्डै ४ सय जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा लकडाउन तोडेर झन ठूलो समस्या निम्तिने भन्दै प्रधानमन्त्री मोदीले थप तीन हप्ता लकडाउन बढाउने निर्णय गरेका हुन । त्यहाँ विगत २१ दिन देखि लकडाउन जारी छ ।
देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए। उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए।
सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए। उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्। भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार