उपत्यकाकाे लकडाउनमा थप कडाइ !
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार २२:२१:३२
२ वैशाख काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले लागु गरेको लकडाउनलाई प्रहरीले थप कडाइ गरेको छ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले काठमाडौं उपत्यकामा थप कडाइ गरेको हो। ट्राफिक प्रहरीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई अब बल समेत प्रयोग गर्न सकिने भएकाे छ ।
यसअघि लखरलखर हिँड्नेलाई प्रहरी सम्झाइबुझाइ गरेर घर पठाउने वा केही घण्टा नियन्त्रणमा लिने गरेको थियो। मंगलबार दिउँसो दुई बजेसम्म काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १८ सयलाई प्रहरीले नियन्त्रणमा लिएको परिसरले जनाएको छ।
ट्राफिक प्रहरीले भने तीन सय ६५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। तीमध्ये ४८ वटा चार पाङ्ग्रे रहेको महाशाखाले जनाएको छ। यसैगरी, सरकारले लकडाउनको अवधि लम्ब्याउने तयारी गरेको छ। सो छलफलका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। सरकारले जारी गरेको लकडाउनको अवधि बुधबार ‘भोलि’ सकिँदैछ।
यता सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार