संक्रमित भित्रिएपछि भारतसँगको सीमानाका बन्द
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार २२:३२:१५
२ वैशाख काठमाडौं । सरकारले भारतसँगको सीमानाका अनिश्चितकालका लागि बन्द गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप १२ दिन बढाउने निर्णय गरेसँगै दक्षिण छिमेकी भारतसँगको सीमानाका अनिश्चितकालका लागि बन्द गरेको हो ।
भारतमा दैनिक हजारौमा कोरोना संक्रमण फैलिन थालेपछि दक्षिण सीमा बन्द गर्नुपरेको एक मन्त्रीले जानकारी दिए । भारतमा यो समाचार तयार पार्दासम्मा १० हजार ५ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ५८ जनाको ज्यानै गएको छ ।
नेपालमा पछिल्लो समय भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि अनिश्चितकालका लागि सीमा बन्द गर्ने निर्णय भएको ती मन्त्रीले बताए । भारतमा संक्रमित भएका नेपाली पनि भागेर वा पैदलै हिडेर भित्रिन थालेपछि सरकारले सीमामा कडाई गरेको हो ।
उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारतसँगको सीमा पूर्ण रुपमा बन्द गरेको सरकारले बैशाख १८ गतेसम्म अन्तराष्ट्रिय उडान पनि ठप्प पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार