कोभिड-१९ बाट भारतमा मृत्यु हुनेको संख्या ३७७ पुग्यो
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १५:५५:४१
३ वैशाख एजेन्सी । भारतमा कोरोना भाइरस ‘कोभिड-१९’ बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् । कोरोना भाइरस भारतको महाराष्ट्र सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।
त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार