विश्वभर संक्रमितको संख्या २० लाख नाघ्यो
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार २१:९:३२
३ वैशाख एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस विश्वका २ सय १० देशमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म २० लाख ११ हजार ८ सय २४ जना संक्रमित भएका छन ।
अहिलेसम्म भाइरसबाट विश्वभर १ लाख २७ हजार ४ सय ९२ जनाकाे ज्यान गएकाे छ भने ४ लाख ८५ हजार ५ सय ९६ जना उपचारपछि निकाे भएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ६ लाख बढी नागरिक संक्रमित छन । अमेरिकामा ६ लाख १४ हजार संक्रमित हुँदा २६ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तै स्पेनमा १ लाख ७४ हजार संक्रमित छन । १८ हजारको ज्यान गएको छ ।
इटालीमा १ लाख ६२ हजार संक्रमित हुँदा २१ हजारको मृत्यु भएको छ । यस्तै फ्रान्समा १ लाख ४३ हजार संक्रमित छन । त्यहाँ १५ हजारको ज्यान गइसकेको छ । जर्मनीमा १ लाख ३२ हजार, बेलायतमा ९३ हजार, चीनमा ८२ हजार, इरानमा ७४ हजार, टर्कीमा ६५ हजार, बेल्जियममा ३१ हजार संक्रमित छन ।
यस्तै दक्षिण एसियातर्फ भारतमा ११ हजार संक्रमित हुँदा झण्डै ४ सय जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार