विश्वभर संक्रमित हुनेको संख्या २० लाख भन्दा बढी !
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १४:५०:१८
४ वैशाख काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख भन्दा बढी पुगेको छ । नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको झण्डै पाँच महिनामा संक्रमितको संख्या २० लाख ८३ हजार भन्दा बढी पुगेको हो ।
विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६ लाख ४४ हजार भन्दा बढी पुगेका छन् । विश्वभर अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख ३४ हजार ६ सय १६ रहेको छ । कोभिड–१९ बाट मृत्यु हुने पनि अमेरिकामै सबैभन्दा धेरै छन् । त्यहाँ हालसम्म २८ हजार ५२९ पुगेको छ ।
अमेरिकाको इपिसेन्टर न्यूयोर्कमा बुधबार थप ७५२ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् । अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको इटालीमा २१ हजार ६४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ६५ हजार भन्दा बढी छ ।
स्पेनमा ज्यान गुमाउनेको संख्या १८ हजार ८१२ तथा संक्रमित एक लाख ८० हजार भन्दा बढी रहेका छन् । यसैगरी फ्रान्समा १७ हजार १६७ जनाको मृत्यु भएको छ भने एक लाख ४७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।
बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार ८६८ तथा संक्रमित ९८ हजार भन्दा बढी रहेका छन् । जर्मनीमा ३८ सय चार जनाको ज्यान गएको छ भने एक लाख ३४ हजार मानिस संक्रमित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार