आरडिटी पोजिटिभ : स्वाब परीक्षण नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १५:२९:२२
४ वैशाख, सप्तरी । कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका सप्तरीका दुई जनाको पीसिआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार गरिएको स्वाब परीक्षण नेगेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताएका छन् ।
भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट सहभागी भई फर्किएका सात जनाको मङ्गलबार राति राजविराजस्थित अस्पतालले आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । सप्तरीको तिलाठी कोइलाडी–१ तिलाठी र खडक नगरपालिका–११ बनौलीका जमातीहरुको पीसिआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको स्वाब पीसीआर विधिबाट पुनः परीक्षणका लागि धरान पठाइएको थियो । मङ्गलबार परीक्षण गर्न नआएका राजविराज नगरपालिका–१० बिरौलका एक जमातीको बुधबार आरडिटी परीक्षण गरी स्वाब परीक्षणका लागि धरान पठाइएको छ । उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराज अस्पतालले योसमेत १८ जनाको स्वाब परीक्षणका लागि धरान पठाएको छ । तीमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बुधबार स्वाब पठाइएकाको रिपोर्ट आज मात्र आउने अस्पतालले जनाएको छ । अस्पतालले बुधबारसम्म २९ जनाको आरडिटी किटबाट परीक्षण गरेको जनाएको छ । तीमध्ये २७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पोजिटिभ आएका दुई जनाको रिपोर्ट पिसिआर प्रविधिबाट बुधबार नेगेटिभ आएपछि सप्तरीवासीले राहत महसुस गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार