लकडाउनले विकास निर्माण ठप्प, सडक चिटिक्क !
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार २०:१७:५६
२८ किमी सडकमा लगाइयो चिन्ह
४ वैशाख काठमाडौं । काठमाडौंका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह ‘मार्किङ’ लगाउने काम भइरहेको छ ।
अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको ‘ओभरले’ झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ‘लकडाउन’ का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौंका मुख्य र सहायक सडकमा चिन्ह लगाइएको हो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए ।
धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उनले बताए। उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारालगायतका धेरै स्थानमा सडकमा चिन्ह लगाइएको छ । उउले भने, “सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।” सडकका दुबै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिन्ह लगाइएको हो ।
काठमाडौं उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’ को काम ‘लकडाउन’ का कारण ठप्प छन् । तीनकुने–गौशाला लगायत एकातिर काम सकिएर अर्को लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिन्ह लगाइएको छैन । उनले भने, “अर्को लेनमा कालोपत्र गर्दा रङ्ग जाने हुनाले अहिले नगरिएको हो ।”
‘लकडाउन’ का समयमा सडक चिन्ह लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारीसधानको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिन्हले उपत्यकाको मुहार नै फेरिएको छ । ‘लकडाउन’ मा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्यौल भएपनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिन्हका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार