बाढीले लघुविद्युत् भत्काएपछि अर्खा र रजवारा अन्धकार
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार २०:४८:६
४ वैशाख प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा विद्युत्विहीन बनेका छन् । स्थानीय नदीबाट लघुविद्युत् उत्पादन गर्दै आएका दुई गाउँका पाँच वटा लघुविद्युत् तथा पेल्टिसेटहरुको बाढीले कुलो पुर्ने तथा भत्काइएपछि एक हजार ४०० घरधुरी अन्धकारमा परेका हुन् ।
गौमुखी गाउँपालिका–३ वटा वडाका तीन लघु जलविद्युत् र दुई पेल्टी सेट गरी पाँच आयोजनाका कुलो भत्किएपछि एक हजार ३४२ घरधुरी विद्युत्विहीन बनेको स्थानीयवासीले बताएका छन् । गतवर्षको पहिरोका कारण क्षति भएको विद्युत् संरचनाको मङ्गलबार मात्र स्थानीयवासीले मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याएका थिए । मर्मत गरेको दुई दिन नबित्दै पुनः बाढीले कुलो बगाउनाका साथै पहिरोले ठाउँ ठाउँमा पुरिएको छ ।
गौमुखी गाउँपालिका–१ मा रहेको घटेखोला ‘दोस्रो’ लघु जलविद्युत् १० किलोवाट, गौमुखी गाउँपालिका–२ मा रहेका एक किलोवाटको खोला खर्क पेल्टी सेट, ५०० वाटको ढुङ्ढुङखोला पेल्टीसेट र गौमुखी गाउँपालिका–३ रजवाराका ४० किलोवाट क्षमताको खराखोला र १७ किलोवाटकोे तिखाचुलीखोला लघु जलविद्युत् आयोजनाका कुलोहरु बाढीले भत्काइदिएको स्थानीयवासी जोगिन्द्र मल्लले जानकारी दिए । गाउँमा खाद्यान्न पिसानी मिल, कम्युटर, टिभी, कुखुरापालन, खाना पकाउनसमेत प्रयोग गर्दै आएको विद्युत् आपूर्ति ठप्प भएपछि रजवाराको जनजीवनसमेत प्रभावित भएको उनले जानकारी दिए ।
बाढीबाट भएको क्षति अहिले यकिन भएको छैन । धेरै वर्षदेखि वर्षाको समयमा विद्युत् संरचना बाढी र पहिरोले क्षति पुु¥याउने गर्नाले गौमुखी गाउँपालिकाका अर्खा र रजवाराका गाउँलेले विद्युत् आपूर्ति बन्द हुने समस्या भोग्दै आएका छन् । धेरै वर्षदेखि पहिरो झरिरहेका कारण दिगो रुपमा पुनःनिर्माण हुन नसेकेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए।
त्यसैगरी गौमुखी गाउँपालिका–२ अर्खामा ५४ घरधुरीले प्रयोग गर्दै आएको खानोपानी आयोजना बन्द भएका छन् । तीस घरधुरी उपभोक्ता रहेको तेलाखोला खानेपानी आयोजना र २४ घरधुरीले प्रयोग गर्दै आएको जेता खोला खानेपानी आयोजनाको मुहान बाढीले पुरिदिँदा खानेपानीसमेत प्रभावित बनेको स्थानीयवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार