बन्दाबन्दी अवज्ञा गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार २०:५३:४९
४ वैशाख सुर्खेत । नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो ।
नोवेल कोरोना भाइरस ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको बन्दबन्दी पालना नगर्नेहरुलाई प्रहरीले सचेतना दिने नीति लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दबन्दीको समयमा अनावश्यक सडकमा आवतजावत गर्ने, बाहाना गरेर सडकमा आउने र रमिता हेर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरस सम्बन्धी सचेतना दिने गरेको सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।
“हामीले नियन्त्रणमा लिएका नागरिकलाई दुई÷तीन घण्टा पोष्टमा राखेर कोरोना भाइरसको विश्वव्यापी समस्या र त्यसको प्रभावबारे जानकारी गराएका छौं,” उनले भने, “विशेषगरी हाम्रा लागि बन्दाबन्दीको फाइदा के, यसमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सडकबाटै उनीहरुलाई सूचित गराएको छ ।”
बन्दाबन्दी भएदेखि मङ्गलबारसम्म प्रहरीले एक हजार ५६ जनालाई कोरोना भाइरस सङ्क्रमण तथा बन्दीबन्दीका सन्दर्भमा सडकमै सचेतना दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उनले हालसम्म नियन्त्रणमा लिएका ३५८ महिला र ६९८ पुरुषलाई कारवाही स्वरुप सचेतना दिएर घर पठाइएको बताए । उनले भने, “यो बेला कसैलाई दुःख दिने नभई आफैले बुझ्ने, अरुलाई बुझाउने र सहयोग गर्ने बखत हो । यसको परिवेश र परिस्थितलाई बुझेर बन्दको अवज्ञा गर्ने जो सुकैलाई कोरोना भाइरस प्रकोपबारे जानकारी दिएर पठाएका छौं ।” उनका अनुसार अहिलेसम्म प्रहरीले करिब २५३ सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ ।
अत्यावश्यक काममा निस्केकालाई नरोकिएको तर अनावश्यक सडकमा निस्कने र भीड जम्मा गर्नेलाई मात्र नियन्त्रणमा लिने काम गरिएको उहाँले बताए । सर्वसाधारण नेपाली नागरिकका लागि बिहान ७ देखि ८ र दिउँसो एकदेखि तीन बजेसम्म खाद्य वस्तु किनेबेच गर्ने समय व्यवस्था गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दुई÷तीन घण्टा सडकमा राखेपनि कोरोना महामारीका विषयमा अझ बढी प्रष्ट हुन पाइएको स्थानीयवासीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार