लकडाउनका समयमा महिला हिंसाका घटनामा कमी
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २०:२९:१
५ वैशाख, कैलाली । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा हिंसाका दुई मात्र उजूरी दर्ता भएका छन् ।
लकडाउनको २५ दिनमा दुई महिलाले मात्रै हिंसामा प¥यौँ भनी उजुरी गरेका छन् । दुई वटा घटना पनि श्रीमान्ले मदिरा सेवन गरी झगडा र कुटपिट गरेका हुन् ’’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘‘हामीले उनीहरुकै घरमा गएर सम्झाएर आयौँ । आइन्दा हिंसा नगर्ने शर्तमा प्रहरीकहाँ ल्याएनौंँ, त्यसपछि पनि जानकारी लिएका छौँ, उनीहरुमाथि हिंसा भएको छैन ।’’ डिएसपी भट्टका अनुसार विगत महिनामा २० भन्दा बढी महिला हिंसाका उजूरी दर्ता हुन्थे । बन्दाबन्दीपछि हिंसाका घटनामा कमी आएका छन् ।
प्रहरीका अनुसार सो क्षेत्रमा मदिराकै कारण महिला हिंसामा पर्छन् । ‘‘लकडाउनका कारण पुरुषहरु घरमै बस्नुपर्दा मदिरा खान पाएनन्, जसले हिंसाका घटनामा पनि कमी आयो’’, भट्ट भन्नुहुन्छ, ‘‘हामीले लकडाउनको समयमा घरेलु मदिरा बिक्री गरिरहेका केही स्थानबाट चार सय लिटर बरामद समेत गरेका छौँ ।’’ टीकापुर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयका उपप्राध्यापक रामप्रसाद तिवारी पनि मदिराले महिलामाथि हिंसा बढाउने गरेको बताउछन् । ‘‘यस्तो विपत्तिको समयमा महिलामाथि हिंसा हुनु दुःखद् कुरा हो ।
सबै घरभित्रै बसिरहेका कारण हिंसाका घटना प्रहरीसमक्ष नपुगेका पनि हुन सक्छन्’’, उपप्राध्यापक तिवारी भन्नुहुन्छ, ‘‘अप्ठेरो समयमा महिलामाथि हिंसा गर्ने त अपराधी हुन्, महिलामाथि हुने दुव्र्यवहार न्यूनीकरण गर्न समाजका सबै नागरिक जिम्मेवार बन्नुपर्छ ।’’ लकडाउनपछि सवारी दुर्घटनाका घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । मानिस हिँड्न र सवारी साधन नचलेपछि सवारी दुर्घटना नभएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार