अत्यावश्यक खाद्यान्नको नाममा ठूलो परिमाणमा मदिरा बरामद
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २०:४२:४३
♦ धीरुभाई
५ बैशाख, सप्तरी । वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको गस्ती टोलीले अत्यावश्यक वस्तु खाद्यन्नको बहाना बनाई लकडाउनको उल्लघंन गरेर अवैध रुपमा लैजादै गरेको अवस्थामा ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ ।
प्रहरीले राजविराज नगरपालिका वडा नम्बर ६ बाट सवारी साधनसहित मदिरा नियन्त्रणमा लिएको हो । मदिरा बोकेर लादै गरेको प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई सोध्दा खाद्यान्न सामग्री भएको भनेपछि चेकजाँच गर्दा बिल भरपाई बिना अवैध रुपमा विभिन्न ब्राण्डका मदिराहरु पाइएको बताएको छ । अहिलेको परिस्थितीको नाजायज फाइदा उठाएर अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ट्याकटर चालक जिल्लाको महादेवा गाँउपालिका वडा नम्बर १ बस्ने वर्ष ३२ को श्रवण मण्डललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले नेपालबहस डटकमलाई जानकारी दिए ।
ट्याक्टरसहित चालक श्रवण मण्डल, दिलेवाले मदिरा ९० काटुन, एम्बिसन मदिरा २० काटुन, गोल्डहली मदिरा छ काटुन नियन्त्रण लिएर आवश्यक कारबाही अघि बढाएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार