चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २३:५६:५५
५ वैशाख काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका दोषी प्रहरीलाई कानूनबमोजिम कारवाही गर्न, घाइतेको निःशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भई कार्य गर्न आयोगले आग्रह गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्नसमेत विज्ञप्तिमा माग गरिएको छ ।
लकडाउन उल्लङ्घन गरेको आरोपमा यही वैशाख ३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा शम्भु खनाल, डा तेजप्रकाश शाह र डा विकास शाहलाई आफ्नो काम सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको थियो ।
आयोगसहित नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका प्रतिनिधि सम्मिलित आयोगको केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले अनुगमनबाट प्राप्त तथ्यअनुसार चिकित्सकले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै त्यसको कुनै वास्ता नगरी प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको र कुटपिट गरेको देखिएको छ । कुटपिटबाट डा तेजप्रकाशको दाहिने हात सुन्निएको र नीलडाम रहेको पाइएको छ ।
आयोगले सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, काठमाडौंको कलङ्कीमा औषधि किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुव्र्यवहार गरेको, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढङ्गले कुटपिट गरेको, बैतडी, दार्चुलालगायतका जिल्लामा समेत प्रहरीले सर्वसाधारणमाथि दुव्र्यवहार गरेको पाइएको जनाएको छ ।
आयोगले लकडाउनको अवस्थामा सरकारले जारी गरेको निर्देशनको पालना गर्दा÷गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्नसमेत आयोग आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार