पश्चिममा हावाहुरीसहित वर्षाको संभावना
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १५:२:५०
६ वैशाख काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम शनिबार पनि आंशिकदेखि सामान्य बदली हुने भएको । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू–भागमा आंशिक बदलीको अवस्था छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।
राति पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले उल्लेख गरेका छन् । पूर्व र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ६ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका र मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ७ गते (आइतबार)
दिउँसोः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा साथै तराइका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ८ गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात पहाडी भूभागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ।पुर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिनासहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार