लुई चौधौंको नयाँ संस्करणमा ओलीको निरंकुशता
इन्द्र रिजाल
बैशाख ६, २०७७ शनिबार १९:४:२४
६ बैशाख, काठमाडौं । देशमा बहुदल आएपछि पहिलोपटक सरकार नभएको अनुभूति यतिखेर भएको छ । कोरोना भाइरसले ठप्प बनाएको देशमा श्रमिक र ज्यालामजदूरी गर्नेको न त चुल्हो बलेको छ, न आफ्नो थातथलो नै फर्कन पाएका छन् । भोकले छटपटाएका मानिस सयौं किलोमिटरको यात्रा गर्न सडकमा ओर्लिएका छन् । यस्तो दृश्यले सामान्य मानिसको हृदय छियाँछियाँ भएको छ । तर सरकार प्रमुख केपी ओली भने फर्मान जारी गर्दैछन्– खबरदार, कसैलाई पनि घर बाहिर जान नदिनू ।
पञ्चायतीकालमा समेत राजा–महाराजाले मानवीय संवेदनाको ख्याल गर्थे । कोरोना संक्रमण भन्दा भोकमरीले ज्यान जान लागिसक्दा समेत लुई चौधौंको नयाँ संस्करणका रुपमा ओली देखिन थालेका छन् । नागरिकको ज्यूज्यानको सुरक्षा गर्ने दायित्व कसको हो ? अहिले त देशको कार्यकारी प्रमुखका रुपमा रहेका ओलीलाई त्यो जिम्मेवारीवोध भएको जस्तो लाग्दैन । उनले नागरिकको अभिभावकत्व ग्रहण गर्न कुनै चासो देखाएका छैनन् । केवल कमिशन र भ्रष्ट्राचार गर्न गतिलो बहानाका रुपमा कोरोना संक्रमणको त्राशलाई उनले दुरुपयोग गरेका छन् ।
प्रधानमन्त्री ओलीको शैली र प्रवृत्ति भने निरंकुतावादी देखिएको छ भन्दै डा. केसीले खानपिउन पनि नदिने अनि घरबाट निक्कन मिल्दैन भन्ने अहंकारी सोच गलत हो भनेका छन् । खान नपाएर एक साताका सुत्केरी घरबाट सयौं किलोमिटर यात्रा गरेको ओलीले देखेनन् की मैले जे गर्दा पनि हुन्छ भन्ने निरंकुश सोचबाट ग्रस्त भएका हुन् ? उनले प्रश्न गरेका छन् ।
हिजो साँझ मात्रै ओलीले कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिका पदाधिकारीलाई सकारात्मक सन्देश देलान् भन्ने आम अनुमान गरियो । तर उनी अझै कडा रुपमा प्रस्तुत हुन फर्मान गर्दै थिए । ओलीको सरकारी कार्यालयकै आडमा रहेको सर्वाेच्च अदालतले दुई घण्टा अगाडि मात्रै पैदल गन्तव्यतिर हिंडेकाहरुको उद्धार गरी घर पु¥याउन अन्तरिम आदेश दियो । तर सर्वाेच्चको त्यो आदेश ओलीको कान र आँखासम्म पुगेन । बरु सर्वाेच्चकै मानहानी हुनेगरी छिरिक्क गर्न नदिने फर्मान लगाए ।
अब सरकार निरंकुश हुनै खोजेको हो त ? सर्वाेच्चको आदेश मान्दिन भन्ने सरकारलाई लोकतान्त्रिक भन्न मिल्ला त ? वरिष्ठ अधिवक्ता हरिहर दाहाल भन्छन्– सर्वाेच्चको आदेश मान्दिन भन्ने साहस प्रधानमन्त्रीको हुँदैन । नमान्ने हो भने प्रक्रियागत रुपमा जानुपर्ने हुन्छ । यसका लागि सरकारले सर्वोच्चमा भ्याकेटमा जाने भन्दै निवेदन दिनुपर्ने पनि उनले बताए । प्रक्रियागत रुपमा जेसुकै होस्, अहिले भने व्यवहारिक हुनुपर्छ – वरिष्ठ अधिवक्ता दाहालले भने । अदालतको अपहेलना गर्नतिर लागियो भने त्यसले अराजकता निम्तिने पनि उनले बताए ।
सरकारको रबैया हेर्दा म नै सबथोक हुँ भन्ने देखिन्छ – राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । संक्रमण पनि नफैलियोस् र नागरिकलाई पनि राहत होस् भनेर सोचिनुपर्छ – केसी भन्छन् । तर प्रधानमन्त्री ओलीको शैली र प्रवृत्ति भने निरंकुतावादी देखिएको छ भन्दै डा. केसीले खानपिउन पनि नदिने अनि घरबाट निक्कन मिल्दैन भन्ने अहंकारी सोच गलत हो भनेका छन् । खान नपाएर एक साताका सुत्केरी घरबाट सयौं किलोमिटर यात्रा गरेको ओलीले देखेनन् की मैले जे गर्दा पनि हुन्छ भन्ने निरंकुश सोचबाट ग्रस्त भएका हुन् ? उनले प्रश्न गरेका छन् ।
नागरिकको अभिभावक हो भने यो सरकारले त्यसै बसेकाहरुको लगत लिएर स्वास्थ्यसम्बन्धी प्रोटोकल पूरा गरी निशुल्क यातायातको प्रबन्ध गर्नुपर्ने हो भन्दै डा. केसीले स्थानीय र प्रदेश तहसँगको समन्वयमा नागरिकको उद्धार गरिनुपर्ने स्पष्ट गरेका छन् । ओलीको शैली र प्रवृत्तिले कतै देशमा निरंकुशता लाद्ने प्रयास त भईरहेको छैन ? उनी प्रश्न गर्छन् । सर्वाेच्च अदालतको आदेश उल्लघंन गर्ने दिशामै ओली लागे भने त्यो अवस्था नआउला भन्न सकिन्न – वरिष्ठ अधिवक्ता दाहाल भन्छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार