भारतले दक्षिण अफ्रिकालाई औषधी सहयोग गर्ने
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ आइतबार ०:१६:३५
६ वैशाख एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसालाइ फोन गरेका थिए । त्यस फोन सम्वादमा भारतले कोविड १९ सँग सम्बन्धित सबैखाले औषधीको आपूर्ति नरोक्ने जानकारी गराएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
उनीहरुबीच फोन सम्वादका क्रममा कोविड १९ ले आ–आफ्नो देशका साथै क्षेत्रीय र विश्वमा नै उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुबीच आ–आफ्नो देशमा कोविड १९ को संक्रमण नियन्त्रणका लागि अवलम्बन गरेका उपायहरुका साथै देशको अर्थतन्त्रमा पार्ने असरलाई कम गर्नका लागि अपनाइएका उपायहरुका बारेमा पचि चर्चा भएको थियो ।
त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका लागि आवश्यक औषधीसहितको सहायता उपलब्ध गराउने जानकारी दिएका थिए । त्यस क्रममा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशमा पनि कोविड १९ को रोकथामका लागि गरेका प्रयासहरुको बारेमा प्रसंशा गरेका थिए ।
दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशका साथै हाल अफ्रिकन युनियनको समेत अध्यक्षका हैसियतले कोविड १९ को संक्रमण रोक्न अफ्रिकी देशहरुमा गरेको पहलको प्रसंशायोग्य रहेको प्रधानमन्त्री मोदीले बताएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले कोविड १९ को रोकथामको प्रयासका लागि दक्षिण अफ्रिकाले गरेको प्रयासमाा भारत सरकारको पूर्ण सहयोग रहने धारणा उनले राखेको सो विज्ञप्तिमा जनाइएको छ ।
भारत र दक्षिण अफ्रिकामा पछिल्लो समयमा कोविड १९ को संक्रमण बढ्दो रुपमा देखिएको छ । भारतमा त यस संक्रमणबाट १४ हजार भन्दा बढी नागरिक विरामी परेका छन् भने ४८० जनाको ज्यान गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियार खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार