आज भारतको लोकसभा सचिवालयमा काम थालिने
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार १३:४:३
८ वैशाख एजेन्सी । भारतको लोकसभा सचिवालयले आगामी सोमबारदेखि काम शुरु गर्ने जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि काम गर्न नसकेको सचिवालयले आगामी सोमबारदेखि काम गर्ने भएको हो ।
भारतको लोकसभा र राज्यसभा गत मार्च २४ देखि बन्द अवस्थामा रहेका छन् । लोकसभा सचिवालयले जारी गरेको सूचना अनुसार सचिवालयका सहसचिव वा सोेभन्दा माथिका कर्मचारीहरुले सोमबारदेखि कार्यालयमै आएर काम गर्न थाल्ने छन् ।
अन्य कर्मचारीहरु पनि पालोपालो गरेर कार्यालयमा हाजिर भएर काम गर्ने सचिवालयले जानकारी दिएको छ । कार्यालयमा काम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने लगायतका आधारभूत स्वास्थ्य सतर्कतालाई भने ध्यान दिइने सचिवालयले जनाएको छ । कार्यालयका फाइलहरु विद्युतीय माध्यमबाट मात्रै आदानप्रदान गर्ने व्यवस्था पनि गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार