सिटिजन्स बैंकको तेह्रौँ वार्षिकोत्सव भर्चुअली सम्पन्न
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार १३:५१:२९
८ बैशाख काठमाडौं । नेपालीहरुलाई वित्तिय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरिय बैंकिंङ सेवा प्रवाह गर्दै आएको बैंकले यस पालिको वार्षिकोत्सव भर्चुअली मनाएको छ ।
विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरस (COVID-19) को जोखिम र लकडाउनका कारण भर्चुअली मनाएको छ । यस बैंकको आज बसेको ३३२ औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त आदरणीय ग्राहकवर्ग, शेयरधनी महानुभाव, नियामक निकाय तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ । यो प्रस्तुति यस बैंकको website तथा Facebook लगायतका सामाजिक सञ्जालमा समेत राखिएको व्यहोरा बैंकले जानकारी गराएको छ ।
हरेक त्रैयमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरे । बैंकले आफनो १३ औं वार्षिकोत्सव को उपलक्ष्यमा “Citizens Xtra Fixed Deposit” निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा रू १ लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् ।
यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्नुुहुने गा्रहक महानुभावहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ । भर्चुअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरे ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई
घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस (COVID-19) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । यस बैंकको ए.टि.एम कार्ड कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गर्नुका साथै ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रु. ५० लाख सहयोग गरेको बैंकका प्रवक्ता उमंग शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार